नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोनाबिरुद्धको खोप


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

US President-elect Joe Biden receives a Covid-19 vaccination from Tabe Masa, Nurse Practitioner and Head of Employee Health Services, at the Christiana Care campus in Newark, Delaware on December 21, 2020. (Photo by Alex Edelman / AFP) (Photo by ALEX EDELMAN/AFP via Getty Images)

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबिरुद्धको खोप लगाएका छन् । आज दिउसो प्रत्यक्ष भिडियो प्रशारण गर्दै बाइडेनले कोरोनाबिरुद्धको फाइजरको खोप लगाएका हुन् ।

बाइडेनले डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिएकी छिन् ।

यसअगाडि शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै कोरोनाबिरुद्धको भ्याक्सिन लिएका थिए । पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि भ्याक्सिन लगाएका थिए ।

आफूले भ्याक्सिन लगाउँदा पत्तै नपाएको बताउँदै पेन्सले भ्याक्सिन मेडिकल चमत्कार भएको बताए । इतिहासमा यो साता कोरोना महामारीको अन्त्यको सुरुवात भएको साताका रुपमा रहने पेन्सले बताए । पेन्सले अमेरिकनहरुलाई सामाजिक दुरी कायम गर्न, हात धुन र मास्कको प्रयोग गर्न प्रोत्साहित गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार नै हाउस स्पीकर न्यान्सी पेलोसीले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन लिएकी थिइन् ।

८० बर्षकी डेमोक्रेटिक नेतृ पेलोसीले भ्याक्सिनको पहिलो डोज लिए लगत्तै सिनेटमा रिपब्लिकन नेता ७८ बर्षका मिच म्याक्कोनेले पनि भ्याक्सिन लिएका थिए ।

आइतबार अमेरिकन सीडीसीले अर्को चरणका कोरोनाबिरुद्धको भ्याक्सिन पाउनेहरुको प्राथमिकता तय गरेको छ । सीडीसीको सल्लाहकार कमिटिले अर्को चरणमा भ्याक्सिन पाउनेहरुमा ७५ बर्ष र त्योभन्दा माथिका व्यक्ति तथा अग्रपंक्तिमा खटिने अत्यावश्यक कामदार तय गरेको छ । पहिलो चरणको दोश्रो उपचरणका लागि यो प्राथमिकता तय गरिएको हो ।

यो प्राथमिकतामा पक्षमा १३ र विपक्षमा १ मत खसेको थियो । त्यस्तै पहिलो चरणको तेश्रो उपचारणमा कमिटिले प्राथमिकतामा ६५ देखि ७५ बर्षसम्मकालाई राखेको छ । त्यस्तै १६ देखि ६४ बर्षसम्मका स्वास्थ्य समस्या भएकाहरु र अन्य अत्यावश्यक कामदारहरुलाई यो चरणमा राखिएको छ ।

पहिलो चरणको दोश्रो र तेश्रो उपचरणमा भ्याक्सिनको प्राथमिकताबारे छलफल गर्न आइतबार बैठक बसेको हो । यसभन्दा अगाडिको बैठकले पहिलो चरणको पहिलो उपचरणमा भ्याक्सिनको प्राथमिकताबारे निर्णय गरेको थियो । पहिलो उपचरणमा अग्रमोर्चाका स्वाथ्यकर्मीहरु र दीर्घकालिन हेरचाह केन्द्रमा रहनेहरुलाई प्राथमिकतामा राखिएको थियो ।

अबको चरणमा भ्याक्सिन पाउनेहरु प्रहरी, अग्नीनियन्त्रक, शिक्षक, ग्रोसरी स्टोरमा काम गर्नेहरु, खाद्य र कृषि कामदारहरु, उत्पादन कामदारहरु, जेलमा काम गर्नेहरु, हुलाकमा काम गर्नेहरु र सार्वजनिक यातायातमा काम गर्नेहरु हुनेछन् । यो संख्या अमेरिकामा झण्डै ३० मिलियन रहेको छ ।

त्यसपछिको चरणमा भ्याक्सिन पाउनेहरुमा जनस्वास्थ्य कामदारहरु, यातायात र लजिस्टिकमा काम गर्नेहरु, खाद्य सेवामा काम गर्नेहरु, निर्माणमा काम गर्नेहरु, बित्त क्षेत्रमा काम गर्नेहरु, आईटी र संचारमा काम गर्नेहरु, उर्जामा काम गर्नेहरु, मिडियामा काम गर्नेहरु, कानुनी क्षेत्रमा काम गर्नेहरु, सार्वजनिक सुरक्षा इन्जिनियरहरु, पानीका क्षेत्रमा काम गर्नेहरु हुनेछन् ।

यो चरणमा भ्याक्सिन पाउने स्वास्थ्य समस्या भएकाहरुमा मोटोपन भएकाहरु, दोश्रो प्रकारको मधुमेह भएकाहरु, दीर्घकालिन पल्मोनरी रोग भएकाहरु, मुटु र मृगौलाका रोगीहरु, अंग प्रत्यारोपण गरेकाहरु, गर्भवती र धुमपानका अम्मलीहरु पर्नेछन् । यो संख्या अमेरिकामा झण्डै ५७ मिलियन रहेको छ ।

पहिलो चरणको दोश्रो उपचरण फरबरीभन्दा अगाडि भने सुरु हुने अपेक्षा गरिएको छैन । अमेरिकाले डिसेम्बरभरमा २० मिलियन, जनवरीमा ६० मिलियन र फरबरीमा १०० मिलियन भ्याक्सिनका डोज पाउने भएको छ । जुन डोजहरु ९० मिलियन जनसंख्यालाई पूर्णरुपमा भ्याक्सिन लगायन प्रयाप्त हुनेछ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com