ट्रम्पले कदम नचालेपछि न्युयोर्कका गभर्नर सरे अगाडि, बेलायतबाट आउँदा नेगेटिभ रिपोर्ट अनिवार्य


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएपछि विभिन्न देशहरुले बेलायतबाट आउनेहरुमा नयाँ प्रतिबन्धहरु लगाउँदासमेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेवास्ता गरिरहेका छन् । तर न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले आफ्नै पहलमा ब्रिटिश एयरवेजसँग समन्वय गरेका छन् ।

जस अन्तरगत अब ब्रिटिश एयरवेजमा बेलायतबाट न्युयोर्क आउनेहरुले विमान चढ्नु अगाडि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएको छ । यस्तै नियमका लागि आफूहरुले डेल्टा र भर्जिन एटलान्टिकसँग पनि कुराकानी गरिरहेको कुमोले जनाएका छन् ।

गभर्नर कुमोको अनुरोधपछि ब्रिटिश एयरवेज यो नयाँ नियमका लागि तयार भएको हो । एकदर्जन भन्दा बढी देशहरुले बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगाएलगत्तै ब्रिटिश एयरवेजले पनि परीक्षण नेगेटिभ भएकाहरुलाई मात्र चढाउन सहमत भएको हो । उनीहरुलाई न्युयोर्कका तर्फबाट कुनै नियम लगाइएको होइन, उनीहरु समन्वयका लागि आफै सहमत भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू गभर्नरमात्र रहेको तर आफूले न्युयोर्कबासीलाई जोगाउन सकेजति गर्ने कुमोले बताएका छन् । विमानस्थलमा आउने अन्तर्राष्ट्रिय उडानमा कुनै पनि प्रकारका नियमहरु ल्गाउने अधिकार आफूसँग नभएपनि आफ्नो अनुरोध मानेकोमा उनले एयरलाइन्सलाई धन्यवाद दिएका छन् ।

अन्तर्राष्ट्रिय उडानहरुमा नियम लगाउने अधिकार संघीय सरकार र सीबीपीसँगमात्र रहेको छ । त्यसैले न्युयोर्कको राज्य सरकारलाई अन्तर्राष्ट्रिय उडानहरु रोक्ने अधिकार छैन । तर न्युयोर्कको माटोमा आउने भएकाले आइसकेपछि भने नियम लगाउने अधिकार राज्य सरकारलाई रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com