६ सयको राहत चेक आगामी साता नै पठाइने


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

ट्रेजरी सेक्रेटरी स्टेफन मन्चिनले आज राहत प्याकेज पारित भएमा आगामी सातादेखि नै राहत चेक पठाउन सकिने बताएका छन् । हाउस र सिनेटमा आजै बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर र दोश्रो चरणको राहत चेक समेटिएको राहत प्याकेज पारित हुने अपेक्षा गरिएको छ ।

आईआएससँग पहिले नै बैंक खाता रहेकाहरुलाई पहिलो चरणमा र छिटो राहत चेक खातामा नै पठाइनेछ । अन्यलाई हुलाकमार्फत चेक पठाइनेछ ।

लामो समयदेखिको रस्साकस्सीपछि अन्तत झण्डै ९ सय बिलियनको राहत प्याकेजमा आइतबार दुईदलकै सांसदहरुबीच सहमति भएको हो । यो प्याकेजमा काम गुमाएहरुलाई बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्ने विषय समेत समेटिएको थियो ।

दोश्रो चरणको राहत चेकमा सहमति भएपनि दोश्रो चरणको राहत चेक ६ सय डलरकोमात्र हुनेछ । बच्चाहरु र बयस्कहरुलाई ६ सयको राहत चेक प्राप्त हुनेछ अर्थात् दम्पत्ति र दुई बच्चाहरु भएको परिवारलाई २४ सय डलर प्राप्त हुनेछ ।

बार्षिक ७५ हजारभन्दा कम आम्दानी भएकाहरुले ६ सय डलरको राहत चेक पाउनेछन् भने त्यो भन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा चेकको रकम घट्दै जानेछ । साप्ताहिक रुपमा बेरोजगारी विमाका अतिरिक्त प्रदान गरिने ३ सय डलरको सुरुवात भने छिटोमा डिसेम्बर २७ बाट हुने जनाइएको छ ।

राहत प्याकेजमा २८४ सय बिलियन साना विजनेशको पेचेक प्रोटेक्सन कार्यक्रमका लागि छुट्याइएको छ । २० बिलियन साना विजनेशको अनुदानका लागि र १५ बिलियन लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ । त्यस्तै ३० बिलियन भ्याक्सिनको वितरणका लागि छुट्याइएको छ । ८२ बिलियन स्कुल र कलेजका लागि समेत छुट्याइएको छ ।

भाडा सहायता कार्यक्रमका लागि २५ बिलियन छुट्याइएको छ । १३ बिलियन पुरक पोषण सहायता कार्यक्रमका लागि छुट्याइएको छ ।

विगत ५ महिनादेखि राहत प्याकेजमा सहमति हुन नसक्दा अमेरिकनहरुले कुनै अतिरिक्त सहायता प्राप्त गर्न सकेका थिएनन् । तर आजको सहमतिपछि आशा पलाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com