तीब्र बनेको कोरोना संक्रमण रोक्न लण्डनमा ‘पूर्ण इमर्जेन्सी लकडाउन’


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

तीब्र बनेको कोरोना संक्रमण रोक्न लण्डनसहित इंग्ल्याण्डका विभिन्न क्षेत्रमा इमर्जेन्सी लकडाउनको घोषणा गरिएको छ । संक्रमण बढ्दै गइरहेको अवस्थामा प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत साउथ तथा इष्ट इंग्ल्याण्डमा पूर्ण लकडाउनको घोषणा गरेका हुन् ।

यसअघि विभिन्न ३ टिएरमा राखेर क्षेत्रगत रुपमा प्रतिवन्धहरु लागू गरिएकोमा संक्रमण बढ्दै गएपछि थप कडा प्रतिवन्धसहितको टिएर ४ पूर्ण लकडाउनको घोषणा गरिएको हो । यो लकडाउन डिसेम्बर २० आइतबारदेखि २ साताको लागि लागू हुने छ ।

लकडाउनमा अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द रहनेछन् । अहिले खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय बन्द हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वसाधारणलाई अत्यावश्यकबाहेकका अवस्थामा घरभित्रै रहन ’स्टे होम’ को अपील जारी गरिएको छ । काम, शिक्षा, स्वास्थ्य उपचार लगायतका सन्दर्भमा यात्रा गर्नैपर्ने बाहेक अन्य अवस्थामा घरभित्रै बस्नुपर्नेछ ।

यसअघि क्रिसमसका अवसरमा दिने भनिएको ३ परिवारसम्म जमघट हुन पाइने छुट पनि स्थगित गरिएको छ । टिएर ४ बाहेक का क्षेत्रमा पनि उक्त छुट पहिला भनिएजस्तो ५ दिनबाट घटाएर क्रिसमसको दिनलाई मात्रै सिमित गरिएको छ ।

घरबाहिरका सार्वजनिक स्थलमा समेत एकजनाले फरक परिवारका अर्को एकजनालाईमात्र भेट्न पाउनेछन् । तर त्यसमा केही अपवाद भने लागु गरिएको छ । अत्यावश्यक बाहेकका अन्य अन्तर्राष्ट्रिय यात्राहरु नगर्न सुझाव दिइएको छ । टियर ४ क्षेत्रमा पर्नेहरुलाई अरु स्थानमा गएर रात नबिताउन र अरु स्थानका व्यक्ति टियर ४ क्षेत्रमा यात्रा नगर्न भनिएको छ ।

पूर्ण लकडाउन गर्ने टियर ४ क्षेत्र पूरै लण्डन, केन्ट, बकिंघमशायर, बर्कशायर, सर्रेका अधिकांश भागहरु, बेडफोर्डशायर, लुटन, हर्टफोर्डशायर र एसेक्सका अधिकांश भागहरु रहेका छन् । अहिलेका लागि २ साताका लागि पूर्ण लकडाउन हुने भएपनि डिसेम्बर ३० मा पुनरावलोकन गरिने भएको छ ।

बेलायतमा कोभिड–१९ को नयाँ स्वरूप देखिएको र यो इंग्ल्यान्डमा द्रुत गतिमा फैलिइरहेको छ । बेलायती वैज्ञानिकहरूले भाइरसको नयाँ रूपबारे अध्ययन गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com