जर्जियामा चुनाव हार्ने डरले रिपब्लिकन नेता ६ सयको राहत चेकमा सहमत


प्रकाशित मिति : पुस २, २०७७ बिहीबार

जर्जियामा सिनेटका लागि जनवरीको पहिलो साता हुने चुनावमा डेमोक्र्याट्सहरुले राहतको विषयलाई पनि चुनावी नारा बनाएपछि डराएका रिपब्लिकन नेताले राहत प्याकेजमा दोश्रो चरणको ६ सय डलरको राहत चेक थप्नेमा सहमति जनाएका छन् । राहत चेकमा सहमति नजनाएका कारण जर्जियाको चुनावमा नोक्सान हुनसक्ने भएकाले सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले राहत चेकमा सहमति जनाएको न्युयोर्क टाइम्सले रिपोर्ट प्रकाशित गरेको छ ।

व्यक्तिगत फोनकललाई आधार मानेर यस्तो समाचार प्रकाशित भएको हो । जर्जियामा जनवरीको पहिलो साता हुने निर्वाचनले अमेरिकी सिनेटमा शक्ति सन्तुलनलाई निर्धारण गर्नेछ भने जर्जियाको दुईसिटका कारण अमेरिकाको आगामी परिदृश्यमा ठूलो फेरवदल समेत आउनसक्छ ।

जर्जियाको दुबै सिटमा डेमोक्र्याटसहरुले जितेको खण्डमा दुबै सदनमा डेमोक्र्याटसको पकड कायम हुँदा इमिग्रेशन लगायतका कैयन डेमोक्रेटिक एजेण्डाहरु पारित भई अमेरिकाको आगामी परिदृश्य नै परिवर्तन हुनसक्ने सम्भावना रहन्छ ।

राहत चेकमा सहमति नजनाएका कारण जर्जियाको चुनावमा रिपब्लिकनलाई नोक्सान हुनसक्ने भएपछि म्याक्कोनेलले आफ्ना धारणमा ‘युटर्न’ ल्याएको जनाइएको छ । दोश्रो चरणको राहत चेकबारे सहमति नजुटेको बेलामा बुधबार अचानक रिपब्लिकन नेता ६ सय वा ७ सयको चेक पठाउनेमा सहमत भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले गतसाता ल्याएको प्रस्तावमा समेत ६ सय डलरको दोश्रो चरणको राहत चेक समावेश रहेको छ । तर उक्त प्रस्तावमा बेरोजगारी विमाको सन्दर्भमा भने ठूलो कटौती गरिएको छ ।

वार्ताहरु जारी रहँदा नेता बर्नी स्याण्डर्स र डेमोक्रेटिक सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले १२ सय डलरको दोश्रो चरणको राहत चेक पठाउनुपर्नेमा जोड दिइरहेका छन् । राहत चेक विनाको प्याकेजलाई आफूहरुले समर्थन नगर्ने उनीहरुको भनाई छ ।

अब दुईदलबीच ९ सय बिलियनको राहत प्योकजमा सहमति हुने सम्भावना देखिएको छ । जसमा ३ सय बिलियन साना विजनेश र अर्को चरणको ऋणका लागि छुट्याइएको छ भने ६ सय डलरको दोश्रो चरणको राहत चेक समावेश गरिएको छ । साथै काम गुमाएकाहरुलाई बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक ३ सय डलर समेत समेटिएको छ ।

बिहिबार सिनेटको फ्लोरमा बोल्दै रिपब्लिकन नेता मिच म्याक्कोनेलले डेमेक्रेटिक नेताहरुले दुईदलीय राहत प्याकेजमा समर्थन जनाएकोमा खुशी व्यक्त गरेका छन् । यो समयमा यो नै उचित समाधान भएको बताउँदै छिट्टै अन्तिम सहमति हुने उनले जनाएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com