सांसदहरु राहत प्याकेजमा ‘दोश्रो चरणको राहत चेक’ पनि थप्ने सहमतिको नजिक


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

सोमबार दोश्रो चरणको राहत चेकविना नै राहत प्याकेजको सार्वजनिक गरेका दुईदलका सांसदहरुले दोश्रो चरणको राहत चेक समेत थप्न सहमतिको नजिक पुगेका छन् । सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक सांसदहरुको संयुक्त समुहले काम गुमाएहरुलाई बेरोजगार विमा रकमको अतिरिक्त १६ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय डलर समेटिएको ७४८ बिलियन डलरको राहत प्याकेज बिल सार्वजनिक गरेका थिए ।

तर अब उक्त बिलमा दोश्रो चरणको राहत चेक पनि समेटिने सम्भावना बढेको छ । सांसदहरु शुक्रबार बेलुकासम्म अन्तिम सहमतिका लागि दौडधुप गरिरहेका छन् । खर्च विधयेकसँगै राहत प्याकेजपनि पारित गर्नका लागि सांसदहरु लागिपरेका हुन् । शुक्रबारसम्म खर्च विधयेक पारित नभए अमेरिकी सरकार शटडाउन हुनेछ ।

सांसदहरु ६ सय देखि ७ सय डलरसम्मको दोश्रो चरणको राहत चेक पठाउन सहमतिको प्रयास गरिरहेका छन् । यस अगाडि सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले ६ सय डलरको राहत चेक पठाउने प्रस्ताव गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार सार्वजनिक बिलमा राज्यहरुमा सकिन लागेको बेरोजगारी विमानको अवधि पनि ४ महिना थप्ने व्यवस्था गरिएको छ । त्यस्तै साना विजनेशहरुलाई पनि सहयोग समेटिएको छ । क्रिसमसको विदामा जानु अगाडि एउटा राहत प्याकेज संसदबाट पारित हुने सम्भावना अब उच्च देखिएको छ ।

साना विजनेशलाई दोश्रो चरणको राहत र बेरोजगारी विमा रकमको विषयलाई विलमा केन्द्रमा राखिएको छ । सांसदहरुले लामो समयको गतिरोधपछि आएको यो बिललाई क्रिममसको चमत्कार बताएका छन् ।

सोमबार सार्वजनिक गरिएको बिलमा आपतकालिन खाद्य सहायतामा १३ बिलियन, २५ बिलियन भाडा सहायतामा, ३५ बिलियन स्वास्थ्य सेवा प्रदायकहरुका लागि र १३ बिलियन किसानहरुका लागि छुट्याइएको छ । साथै भाडा तिर्न नसकेकाहरुलाई घर निकाला हुनबाट जनवरी ३१ सम्मका लागि संरक्षण प्रदान गरेको छ ।

बर्नी स्याण्डर्स लगायतका सिनेटरहरुले राहत चेक विनाको प्याकेज अगाडि बढ्न नदिने चेतावनी समेत दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com