तराईमा प्रचलित ‘अमोट’ बनाएर नेपाली सेफ सन्तोष बीबीसी मास्टर सेफको टप ४ मा


प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार

अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ यूकेमा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको शीर्ष (टप) ४ मा पुगेका छन् ।

मंगलबार ‘बीबीसी वान’ मा प्रसारित फाइनल राउण्डको पहिलो चरणबाट अघि बढ्दै उनी टप ४ मा पुगेका हुन् ।

यसअघि प्रतियोगिताको फाइनल राउण्डमा पुग्ने सन्तोषसहितका ६ प्रतियोगी सेफले मंगलबार फाइनलको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए । यो चरणबाट छानिएका सन्तोषसहित ४ जना अघि बढेका छन् भने २ जना बाहिरिएका छन् ।

मंगलबारको ‘इन्भेन्सन् राउण्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खीर बनाएर पस्किएका थिए । नेपाली खनाका परिकारको साथै नेपाली खानाका ‘इंग्रिडिएन्ट’ समेत चिनाउने लक्ष्य राखेको बताउने उनले कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि प्रस्तुत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटनको स्टाइलमा तयार पारेका थिए ।

‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल यही बिहीबार बेलुका प्रसारण हुनेछ । त्यसअघि बुधबार बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिनेछन् ।

सिरहाको कर्जन्हाका सन्तोष अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खानासहित सहभागी हुने पहिलो नेपाली हुन् ।

भारत तथा बेलायतका प्रतिष्ठित होटेल तथा रेष्टुरेन्टमा अनुभव लिइसकेका उनी नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउने लक्ष्यमा अघि बढेको बताउंछन् ।

के हो अमोट ?

आफूले नेपालको तराईमा बाल्यकालमा अमोट खाने गरेको र बिर्सिसकेको तराईको परिकालाई चिनाउन आफूले यो परिकार रोजेको सन्तोष शाहले खसोखासलाई बताए । भोलि हुने राउण्डमा चारजनाबीच प्रतिस्पर्धा हुने र पर्सी हुने राउण्डमा तीनजनाबीच प्रतिस्पर्धा हुनेछ । भोलिको राउण्डमा छानिएमा सन्तोष पर्सी हुने अन्तिम राउण्डमा प्रवेश गर्नेछन् ।

‘पाकेको आँप खाएर सिध्याउन नसकिएको अवस्थामा तराईमा स्थानीयहरुले बचेको आँपलाई निचोरेर रस निकाल्ने र त्यसलाई सुकाएर पाता बनाउने गर्छन् । त्यसपछि त्यसलाई बटारेर राख्ने चलन छ । महिनौं राखेर कुनै पनि बेला त्यत्तिकै खान सकिने, पानीमा वा दहीमा भिजाएर पनि खान सकिने यो खाना तराईमा निकै प्रचलित रहेको छ । यसलाई डिजर्टका रुपमा खान सकिन्छ ।’-  अमोटबारे जानकारी दिदै न्युयोर्क निवासी अमित शाहले बताए । सिराहामामात्र होइन, न्युयोर्कमा समेत नेपालबाट अमोट ल्याएर खाने गरेको शाहले बताए ।

तराईमा विशेषगरी थारुहरुले धुमधामसँग मनाउने जीतिया पर्वमा अमोटको प्रयोग अनिवार्य रुपमा चढाउने प्रचलन रहेको र ब्रत बस्ने भक्तजनहरुले अघिल्लो दिन दही, चिउरा र अमोट खाने प्रचलन समेत रहेको न्युयोर्क निवासी रुक्मिणीदेवी शाहले बताइन् । शाहले अमेरिकामा समेत नेपालबाट अमोट ल्याएर जीतिया पर्व मनाउँदै आएकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com