४ महिना साप्ताहिक ३ सय डलरको व्यवस्थासहित दुईदलीय प्याकेज सार्वजनिक


प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक सांसदहरुको संयुक्त समुहले काम गुमाएहरुलाई बेरोजगार विमा रकमको अतिरिक्त १६ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय डलर समेटिएको ७४८ बिलियन डलरको राहत प्याकेज बिल सार्वजनिक गरेका छन् । त्यस्तै राज्य र स्थानीय सरकारको सहयोगका लागि १६० बिलियनको अर्को छुट्टै बिल सार्वजनिक गरिएको छ । ९०८ बिलियनको एउटै राहत बिलमा सहमति नभएपछि दुईवटा बिलहरु ल्याइएको हो ।

बिलमा राज्यहरुमा सकिन लागेको बेरोजगारी विमानको अवधि पनि ४ महिना थप्ने व्यवस्था गरिएको छ । त्यस्तै साना विजनेशहरुलाई पनि सहयोग समेटिएको छ । क्रिसमसको विदामा जानु अगाडि एउटा राहत प्याकेज संसदबाट पारित हुने सम्भावना अब उच्च देखिएको छ ।

साना विजनेशलाई दोश्रो चरणको राहत र बेरोजगारी विमा रकमको विषयलाई विलमा केन्द्रमा राखिएको छ । तर बिलमा दोश्रो चरणको राहत चेक भने समेटिएको छैन । सांसदहरुले लामो समयको गतिरोधपछि आएको यो बिललाई क्रिममसको चमत्कार बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाउस स्पीकर न्यान्सी पेलोसीले ट्रेजरी सेक्रेटरी स्टेफन मन्चिनसँगको छलफल जारी राखेकी छिन् । एकसाताका लागि सरकार शटडाउन हुन रोक्नेगरी अस्थायी खर्च विधयेक पारित गरेको संसद समक्ष शनिबारदेखि सरकार शटडाउन हुनबाट रोक्न शुक्रबारसम्म अर्को खर्च विधयेक पारित गर्नुपर्ने बाध्यता रहेको छ ।

आज सार्वजनिक गरिएको बिलमा आपतकालिन खाद्य सहायतामा १३ बिलियन, २५ बिलियन भाडा सहायतामा, ३५ बिलियन स्वास्थ्य सेवा प्रदायकहरुका लागि र १३ बिलियन किसानहरुका लागि छुट्याइएको छ । साथै भाडा तिर्न नसकेकाहरुलाई घर निकाला हुनबाट जनवरी ३१ सम्मका लागि संरक्षण प्रदान गरेको छ ।

दोश्रो चरणको १२ सय डलरको राहत चेकबारे कुनै सहमति कायम हुन नसकेपछि गता साता ह्वाइट हाउसले ६ सय डलरको राहत चेक पठाउनमा सहमति जनाएको थियो । बर्नी स्याण्डर्स लगायतका सिनेटरहरुले राहत चेक विनाको प्याकेज अगाडि बढ्न नदिने चेतावनी समेत दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com