नेपाली ब्लूज संगित कलाकार प्रकाश स्लीमका नाममा अमेरिकन कम्पनीबाट टिसर्ट


प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार

ब्लूज संगित कलाकार राम प्रकाश पोखरेल अर्थात् प्रकाश स्लीमका नाममा अमेरिकाको शिकागोमा अवस्थित अमेरिकन ब्लूज मर्चेनटाईज वाय्ङ ड्याङ डुडल टिजले टिसर्टहरु बजारमा ल्याएको छ । विभिन्न डिजाईनमा रहेका टिसर्टमा नेपालको नक्सा र नेपाली रोबर्ट जोन्सन अंकित गरिएको छ ।

प्रकाशले विश्वका प्रख्यात ब्लूज संगित फेस्टिभलमा आफ्नो प्रस्तुति दिई सकेका छन् । उनले कान्ट स्टप द ब्लूज ईभेन्ट अमेरिका, अन्तरास्ट्रिय ब्लूज फेस्टिभल पाराग्वे, क्रस रोड कन्फाईन्ड काउन्ट डाउन फेस्टिभल फ्रान्स, अन्तरास्ट्रिय ब्लूज फेस्टिभल पेरु, पाचौं पोसाडाश ब्लूज फेस्टिभल अर्जेन्टिना, सातौं एन एल रियो ब्लूज फेस्टिभल अर्जेन्टिना लगायतमा प्रस्तुती दिएका छन् । उनले फायर वल्र्ड युनिटी ओपन माईक अमेरिकामा पनि प्रस्तुति दिईसकेका छन् ।

ललितपुरको लामाटारमा २०३७ सालमा जन्मिएका प्रकाशले दुई वर्षकै उमेरमा बुवालाई गुमाए । उनकी आमाले प्रकाशसहित उनकी एक दिदी र दाजुलाई बडो दुःखले हुर्काउनुपरेको थियो । प्रकाशकी आमाले मेलापात गरेर उनीहरुलाई हुर्काएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउँकै स्कूलमा अध्ययन प्रारम्भ गरेका प्रकाशले सुकुलमै बसेर अध्ययन गरेका थिए । बाल्यकालदेखि नै संगीतमा रुची भएका प्रकाशले मट्टितेल राख्ने ग्यालिनलाई काटेर ड्रम जस्तै बजाउँदै गीत गाउँथे ।

 

एसएलसी उत्तिर्ण भएको खुशीयालीमा प्रकाशलाई उनकी दिदीले एउटा साइकल उपहार दिएकी थिइन् । तर, प्रकाशलाई चाहिएको थियो गितार । किनभने उनी गितारवादक बन्न चाहन्थे । त्यसैले उनले घरमा कसैलाई जानकारी साइकल बेचेर गितार किने ।

हातमा आफ्नै गितार परेपछि उनले संसार नै बिर्सिए । दिनरात गितारमै रमाउन थाले । स्थानीय प्रशिक्षक सुनिल श्रेष्ठसँग गितार बजाउन सिकेपनि उनको गितार बजाउने तिर्खा भने मेटिएन ।

सिबी क्षेत्रीसँग करिव एक वर्ष संगीतको सैद्धान्तिक शिक्षा लिएका उनले गुरुकै ब्याण्ड साउण्ड अफ म्युजिकमा आवद्ध भई संगीत यात्रा प्रारम्भ गरे । लत्तगै कन्सर्टमा पनि सहभागी हुँदै गए ।

प्रकाशको औपचारिक संगीत यात्रा सन् २००३ मा प्रारम्भ भयो । त्यो बेलादेखि सन् २०१० सम्म उनले साउण्ड अफ म्युजिक ब्याण्डमा आवश्यकता अनुसार रिदम, लिड, बेस र भोकलिष्टको रुपमा काम गरे । त्यस्तै २००८ देखि २०१० सम्म ब्ल्याक हक नेपाल ब्याण्डमा रिदम गिटारिष्ट र २०१२ देखि २०१५ सम्म द प्लस ब्याण्डमा लिड र वेस्टर्न भोकलिष्टको रुपमा काम गरे ।

विभिन्न ब्याण्डहरुमा आवद्ध भए लगत्तै उनी संगीत प्रशिक्षकको रुपमा समेत सक्रिय हुन थाले । उनी सन् २००४ देखि हालसम्म कलानीधि इन्दिरा संगीत महाविद्यालयमा गिटार प्रशिक्षकको रुपमा कार्यरत छन् । यो अवधिमा नेपालका नाम चलेका गायक, संगीतकार तथा चलचित्रका अभिनेताहरुलाई समेत गितार प्रशिक्षण दिने मौका पाए ।

कलाकार निखिल उप्रेतीलाई उनले गितार प्रशिक्षण दिएका छन् । उनले विदेशी नागरिकहरुलाई पनि गितार सिकाउँदै आएका छन् । उनले सन् २००५–२००६ मा कलानीधिमार्फत इलाहवादको २ वर्षे जुनियर डिप्लोमा गायनमा पुरा गरेका छन् ।

संगीत प्रशिक्षकको रुपमा उनी रातो बंगला, प्रिमियर इन्टरनेशनल हुँदै २०१० देखि चेल्सी इन्टरनेशनलमा कार्यरत छन् । संगीत प्रशिक्षकको रुपमा सक्रिय रहेकै बेला उनी पाश्चात्य रक–ब्लूज आर्टिष्टका गीतहरु सुन्दै, बजाउँदै गर्दथे । एरिक क्ल्यापटन, जिमी हेण्डरिक्स आदि कलाकारका संगीत सुन्दै लगभग १२ वर्ष उनले आफूले बजाउने गीतमा अर्बन ब्लूज फिल दिने कोशिस गरे ।

उनले सन् २०१० देखि नै ब्लूज संगीतको बारेमा रिसर्च गर्न थालेका थिए । त्यही बेलादेखि उनको कन्ट्रि ब्लूजको संगीत यात्रा प्रारम्भ भएको हो । प्रकाशले सन् २०१७ देखि नै अमेरिकाको माउण्ट जायन मेमोरियल फण्डमार्फत त्यहाँका एकजुकेटीभ डाईरेक्टर डाक्टर टीडी मूरको सहयोगमा औपचारिक रुपमा ब्लूज संगीतको अध्ययन तथा अनुसन्धान गर्न थालेका थिए ।

उनको बारेमा विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले प्रकाशित गरेका छन् । उनका गीतहरु सन् २०१९ को जुलाई तथा यही वर्षका जुलाई महिनाभर यूक्रेनको ब्लाइण्ड डग रेडियोमा प्रसारण भएका थिए ।

प्रकाशले कन्ट्रि ब्लूजको क्षेत्रमा पाएको सफलताका कथाहरु अमेरिका, क्यानाडा, ब्राजिल, चिली,बेलायत, अष्ट्रेलिया, ईथियोपिया, युक्रेन, ईजरायल आदि देशका पत्रपत्रिकाका प्रकाशित मात्रै भएका छैनन्, विभिन्न देशका रेडियोहरु उनलका कन्ट्रि ब्लूज गीत–संगीतहरु प्रसारण भैरहेका छन् । प्रकाशका धेरैजसो गितको रचना उनी आफै र अमेरिकी संगितकर्मी हेनरी डि जोन्सले गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com