बाइडेनकै जीतलाई पुष्टी गर्दै ५० वटै राज्य र वासिंटन डिसीबाट नतिजा औपचारिक प्रमाणिकरण


प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनकै जीतलाई पुष्टी गर्दै अमेरिकाका ५० वटा राज्य र वासिंटन डिसीले चुनावी नतिजाको औपचारिक प्रमाणिकरण गरेका छन् । औपचारिक प्रमाणिकरणपछि पनि पूर्व अनुमान गरिएजस्तै बाइडेनका पक्षमा ३०६ इलेक्टोरल कलेज मत प्रमाणित भएको छ भने डोनाल्ड ट्रम्पका पक्षमा २३२ मत प्रमाणि भएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि जम्मा ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ । सबै इलेक्टरहरुले डिसेम्बर १४ मा इमान्दारिताका साथ मतदान गरेमा बाइडेनका पक्षमा ३०६ र ट्रम्पका पक्षमा २३२ इलेक्टोरल कलेज मत प्राप्त हुनेछ ।

चुनावी नजिता प्रमाणिकरण गर्ने अन्तिम राज्य वेष्ट भर्जिनिया भएको छ । ५ इलेक्टोरल कलेज मत रहेको उक्त राज्यमा ट्रम्पले जितेका थिए । नोभेम्बर ३ मा राष्ट्रपति चुनाव भएको एकमहिना एकसातापछि सबै राज्यहरुले प्रमाणिकरण सकेका हुन् । हरेक राज्यका प्रमाणिकरणका आफ्ना नियम रु प्रकृयाहरु रहेका छन् ।

डिसेम्बर १४ मा इलेक्टरहरु जम्मा भएर राष्ट्रपतिका लागि मत हाल्नेछन् । त्यसको औपचारिक घोषणा संसदको संयुक्त सेसनले जनवरी ६ मा गर्नेछ । नवनिर्वाचित अमेरिकी राष्ट्रपतिले जनवरीमा २० मा सपथग्रहण गर्नेछन् ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com