कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन क्यानडाबाट पनि स्वीकृत


प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार

कोरोनाबिरुद्ध अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन आम प्रयोगका लागि क्यानडाबाट पनि स्वीकृत गरिएको छ । क्यानडा फाइजरको भ्याक्सिन स्वीकृत गर्ने विश्वको तेश्रो मुलुक भएको छ । यसअगाडि बेलायत र बहराइनमा फाइजरको भ्याक्सिनको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकिएको छ ।

भ्याक्सिनले स्वीकृति पाएपछि अब क्यानडामा अर्कोसातादेखि भ्याक्सिन वितरण गरिने अपेक्षा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडोले भ्याक्सिनको स्वीकृतिलाई राम्रो समाचार भन्दै ट्वीट गरेका छन् । कोराना महामारीका कारण क्यानडामा झण्डै १३ हजारको ज्यान गएको छ ।

क्यानडाले यो महिना झण्डै साढे २ लाख डोजहरु प्राप्त गर्ने भएको छ । क्यानडाले बेल्जियमबाट युपीएसमार्फत भ्याक्सिनका डोजहरु प्राप्त गर्ने भएको छ । भ्याक्सिन शुक्रबार आइपुग्ने छ । सोमबारसम्म ३० हजार डोज आइपुग्ने र अरु बाँकी दिनमा आउने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानडामा अहिलेका लागि १६ बर्ष र त्योभन्दा माथिका व्यक्तिलाईमात्र भ्याक्सिन दिइने भएको छ । भ्याक्सिन निर्माण कम्पनीहरुले क्यानडामा सन् २०२१ भरमा कम्तीमा २० मिलियन र बढीमा ७६ मिलियन डोज भ्याक्सिन सप्लाई गर्ने जनाएका छन् । क्यानडाको जनसंख्या झण्डै ३८ मिलियन रहेको छ । ७६ मिलियन भ्याक्सिन प्राप्त भएमा दुईडोज भ्याक्सिन लगाउन प्रयाप्त हुनेछ ।

बेलायतमा मंगलबारदेखि भ्याक्सिन वितरण सुरु गरिएको छ । ८१ बर्षका विलियम शेक्सपियर र ९१ बर्षकी मार्गरेट क्याननले सुरुमा भ्याक्सिन प्राप्त गरेका थिए ।

अमेरिकामा डिसेम्बर १० मा बस्ने बैठकले भ्याक्सिनबारे निर्णय लिने जनाइएको छ । भ्याक्सिन स्वीकृत भएमा एकदुई दिनमा नै वितरणका लागि बन्दोबस्त मिलाइने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com