फोर्ब्सबाट विश्वका एकसय शक्तिशाली महिलाको सुची प्रकाशित, एन्जेला मर्केलदेखि कमला ह्यारिससम्म


प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार

फोर्ब्सले विश्वका एकसय शक्तिशाली महिलाको सुची प्रकाशित गरेको छ, जसमा जर्मन चान्सलर एन्जेला मर्केलदेखि नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसम्म रहेका छन् । फोब्र्सले ३० देशका राजनीति, मनोरञ्जन, ब्यापार लगायतका क्षेत्रमा रहेका शक्तिशाली महिलाको सुची प्रकाशित गरेको हो ।

सुचीमा पहिलो नम्बरमा एन्जेला मर्कल रहेकी छिन् । उनी विगत १० बर्षदेखि नै पहिलो नम्बरमा रहँदै आएकी छिन् । युरोपियन केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लेगार्ड दोश्रो नम्बरमा रहेकी छिन् भने नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस तेश्रो नम्बरमा रहेकी छिन् ।

युरोपियन आयोगकी पहिलो महिला प्रेसिडेण्ड उर्सुला वान डेर लेयन चौथो नम्बरमा परेकी छिन् । त्यस्तै बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनकी को चेयर मेलिण्डा गेट्स पाँचौं नम्बरमा परेकी छिन् । मेरि बारा छैठौं नम्बरमा छिन् भने अमेरिकाकी हाउस स्पीकर न्यान्सी पेलोसी सातौं नम्बरमा छिन् ।

ओपराह २० नम्बरमा, बियोन्से ७२ नम्बरमा, टेलर स्वीफ्ट ८२ नम्बरमा परेका छन् । बेलायतकी महारानी एलिजाबेथ ४६ नम्बरमा परेकी छिन् ।

सम्पूर्ण सूची यहाँ हेर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com