ट्रम्पबाट अमेरिकन भ्याक्सिन पहिले अमेरिकनलाई लगाएर मात्र बाँकी विश्वलाई दिने कार्यकारी आदेश


प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार

अमेरिकामा उत्पादित कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो प्राथमिकता अमेरिकनलाई दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । कार्यकारी आदेशले अमेरिकामा बनेको भ्याक्सिनमा पहिलो पहुच अमेरिकन नागरिकको हुने कुरा सुनिश्चित गर्ने ट्रम्पले बताएका छन् । त्यसपछिमात्र विश्वका अरु देशसँग आफूले काम गर्ने उनको भनाई छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले कोरोनाबिरुद्धको भ्याक्सिन स्वीकृत गर्न अब केहीदिनमात्र बाँकी रहेको बताउँदै ट्रम्पले स्वीकृति पाउनासाथ भ्याक्सिनको आम वितरण सुरु गरिहाल्ने बताएका छन् । भ्याक्सिन वितरणका लागि देशभर ४० हजारभन्दा धेरै वितरण स्थल बनाइएको र अमेरिकनहरुले त्यहाँबाट निशुल्क भ्याक्सिन प्राप्त गर्ने ट्रम्पले बताएका छन् ।

ट्रम्पले आवश्यक परेमा रक्षा उत्पादन ऐन सकृय बनाउने समेत बताएका छन् । यो  ऐन अन्तरगत राष्ट्रपतिले अमेरिकामा रहेका उद्योगहरुलाई राष्ट्रिय सुरक्षाका लागि सामानहरु उत्पादन गर्न लगाउन दबाब दिन सक्छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले डिसेम्बर १० मा फाइजरको भ्याक्सिनलाई स्वीकृति दिने तयारी गरेको छ भने डिसेम्बर १७ मा मोडेर्नाको भ्याक्सिनलाई स्वीकृति दिने तयारी गरेको छ । त्यो भन्दा अगाडि नै अमेरिकालाई प्राथमिकता सुनिश्चित गर्न ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगामी समरको सुरुवातसम्म सबै अमेरिकनले भ्याक्सिनमा पहुच कायम गर्ने अपेक्षा गरिएको छ । त्यसपछिमात्र अमेरिकाले विदेशमा भ्याक्सिन सम्बन्धि सहायता गर्नसक्ने पक्षमा ट्रम्प रहेका छन् ।

कोरोनाबिरुद्धको भ्याक्सिनमा सर्वसाधारणको विश्वास बढाउन पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लीन्टन, बराक ओबामा र जर्ज डब्ल्यु बुससँगै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोनाबिरुद्धको भ्याक्सिन सार्वजनिक रुपमा लिने भएका छन् । उनीहरुले अमेरिकाको खाद्य तथा औषधी प्रशासनबाट स्वीकृति प्राप्त भएपछि सर्वधारणहरुको हिचकिचाहट कम गर्न आफैले भ्याक्सिन लिने घोषणा गरेका हुन् ।

डाक्टर फाउचीले भ्याक्सिन सुरक्षित भएको बताएपछि र एफडीएबाट स्वीकृत भएपछि आफूले सार्वजनिक रुपमा नै भ्याक्सिन लिन इच्छुक रहेको बाइडेनले बताए ।

ओबामाले भ्याक्सिन लिएको भिडियो समेत टेलिभिजनबाट प्रशारण गरिने भएको छ । आफूले विज्ञानलाई विश्वास गर्ने ओबामाले बताएका छन् ।

त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले पनि अमेरिकाका बरिष्ठ सुरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीलाई सम्पर्क गरेर सार्वजनिक रुपमा भिडियो नै खिच्नेगरी कोरोनाबिरुद्ध भ्याक्सिन लिने बताएका छन् । भ्याक्सिन सुरक्षित भएको प्रमाणि भएर एफडीएले स्वीकृति दिएपछि आफूले लिने उनको भनाई छ ।

त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लीन्टनका प्रेस सेक्रेटरीले पनि भ्याक्सिन उपलब्ध हुनासाथ क्लीन्टनले लिने जानकारी दिएका छन् । सबै अमेरिकनलाई भ्याक्सिन लिनका लागि प्रोत्साहन गर्न क्लिन्टन पनि सार्वजनिक रुपमा नै भ्याक्सिन लिन तयार भएका छन् ।

पहिलो चरणमा भ्याक्सिन स्वास्थ्यकर्मीहरु र आश्रममा दीर्घकालिन हेरचाहमा रहेकाहरुलाई प्रदान गरिने जनाइएको छ । आत्मनिर्भर भएर बाँच्न नसक्ने हेरचाह केन्द्रमा रहेकाहरुलाई प्राथमिकतामा राखिएको सीडीसीले जनाएको छ ।

६ प्रतिशत कोरोनाका केसहरु दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमा रहेको र अमेरिकाभर ४० प्रतिशत मृत्यु उनीहरुको भएको सीडीसीले जनाएको छ । त्यस्तै साढे २ लाख भन्दा धेरै स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएको सीडीसीले जनाएको छ । जसमध्ये ८ सय ५८ जनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com