सुरुका एकसय दिनमा एकसय मिलियन अमेरिकनलाई भ्याक्सिन दिलाउने बाइडेनको प्रतिवद्धता


प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालमा कोरोना महामारीबिरुद्ध जुध्न तीन बुंदे योजना सार्वजनिक गरेका छन् । बुधबार बाइडेनले यस्तो योजना सार्वजनिक गरेका हुन् ।

कोरोनाको महामारीको सामना गर्नेे स्वास्थ्य टिमलाई परिचित गराउँदै बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेको एकसय दिनमा कम्तीमा एकसय मिलियन अमेरिकनलाई कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेका छन् । त्यस्तै मास्क अनिवार्य गर्ने घोषणामा हस्ताक्षर गर्ने र बालबालिकाहरुलाई सुरक्षित तरिकाले स्कुल जाने वातावरण बनाउने बाइडेनले प्रतिबद्धता जनाएका छन् ।

डोनाल्ड ट्रम्पले अमेरिकनलाई कोरोनाबिरुद्धको भ्याक्सिनलाई प्राथमिकता दिने कार्यकारी आदेश जारी गरेर्कै दिन बाइडेनको योजना सार्वजनिक भएको हो । अमेरिकाले अरु देशहरुलाई सहयोग गर्नुभन्दा अगाडि सबै अमेरिकनललाई भ्याक्सिनको पहुच सुनिश्चित गर्न ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् ।

बाइडेनका आफ्नो सुरुको एकसय दिनमा कोरोनाको महामारी समाप्त नहुने तर एकसय दिनमा अमेरिकनहरुको जीवन परिवर्तनमा सकारात्मक प्रभाव ल्याउने बताएका छन् । बाइडेन डेलावरमा आयोजित एक कार्यक्रममा बोल्दै थिए । गत साता बाइडेनले आफ्नो सुरुका एकसयदिनमा अमेरिकनलाई मास्क लगाउन अनुरोध गर्ने बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले मंगलबार नै कोरोनाबिरुद्ध लड्ने आफ्नो स्वास्थ्य टिमको समेत औपचारिक परिचय गएका छन् । बाइडेनले तीनमहिलासहित ७ जनाको टिम घोषणा गरेका हुन् । उनीहरुमध्ये दुई पुरुष समेत ल्याटिनो र दक्षिण एसियाली मुलका हुन् ।

बाइडेनले स्वास्थ्यमन्त्री अर्थात् हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरीमा ल्याटिनो मुलका हाभिर बसेरालाई नियुक्त गर्ने घोषणा गरेका छन् भने युएस सर्जन जनरलमा दक्षिण एसियाली मुलका डाक्टर विवेक मूर्तिलाई नियुक्त गर्ने घोषणा गरेका छन् । बसेरा मेक्सिकन मूलका हुन् भने मूर्ति भारतीय मूलका हुन् ।

बाइडेनलाई मूर्तिलाई कोभिड १९ सल्लाहकार बोर्डको को चेयरमा समेत नियुक्त गर्ने भएका छन् । मूर्तिले ओबामा कार्यकालमा समेत अमेरिकाको सर्जन जनरलका रुपमा काम गरेका थिए ।

त्यस्तै बाइडेनले डाक्टर रोशेल वालेन्स्कीलाई सीडीसीको निर्देशकमा नियुक्त गर्ने भएका छन् । वालेन्स्की अमेरिकाकी चर्चित मेडिकल साइन्टिस्ट हुन् भने मासाचुसेट्स जनरल हस्पिटलमा सरुवा रोग विभागकी प्रमुख समेत हुन् । उनी एचआईभी र एड्स सम्बन्धि विज्ञ समेत हुन् ।

बाइडेनले कोडिभ १९ सल्लाहकार बोर्डको को चेयरमा मर्सेला नुनेज स्मीथलाई नियुक्त गर्ने भएका छन् । कोडिभ १९ सल्लाहकार बोर्डको को चेयरमा तीनजना रहनेछन् ।

डाक्टर एन्थोनी फाउचीलाई भने बाइडेनले राष्ट्रपतिका प्रमुख मेडिकल सल्लाहकारका रुपमा नियुक्त गर्ने भएका छन् । फाउचीले एलर्जी र सरुवा रोग राष्ट्रिय प्रतिष्ठानमा निर्देशकको पदमा समेत निरन्तरता दिनेछन् ।

त्यस्तै बाइडेनले जेफ जियन्टसलाई राष्ट्रपतिका लागि कोभिड १९ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् । उनले ओबामा प्रशासनका बेलामा समेत काम गरेका थिए । त्यस्तै बाइडेनले नाटाली क्वीलियनलाई कोभिड १९ रेस्पोन्सको डेपुटी कोअर्डिनेटरमा नियुक्त गर्ने भएका छन् । उच्च तहको यो टिमले कोरोना महामारीबिरुद्ध जुध्न काम गर्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com