अस्पताल भर्ना हुने दर बढेमा सोमबारदेखि न्युयोर्कमा ‘इन्डोर डाइनिङ’ बन्द हुनसक्ने


प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार

ज्याक्सनहाइटमा आउटडोर खानाखाने स्थल बनाएर संचालित रेष्टुरेण्ट । फोटो : खसोखास

न्युयोर्कका गभर्नर एन्ड्रगु कुमोले आगामी सोमबारदेखि न्युयोर्क सिटीमा रेष्टुरेण्टभित्र खाना खानमा प्रतिबन्ध लगाइने बताएका छन् । आगामी ५ दिनमा पनि न्युयोर्क सिटीमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्यामा स्थीरता नआए सोमबारदेखि रेष्टुरेण्टभित्र खाना खानमा प्रतिबन्ध लगाइने उनले बताए ।

अहिलेसम्म रेष्टुरेण्टभित्र २५ प्रतिशत क्षमतामा खानखान पाइने नियम भएतापनि संक्रमणबाट बिरामी भई अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेपछि पूर्णरुपमा बन्द गर्ने योजना बनाइएको हो । न्युयोर्कमा चिसो बढिसकेकाले आउटडोर डाइनिङ सहज नभएको अवस्थामा उक्त नियम लागु भएमा रेष्टुरेण्टहरुले टेकआउट र डेलीभरीमात्र गर्न सक्नेछन् ।

त्यस्तै न्युयोर्क सिटीबाहिर पनि इन्डोर डाइनिङ ५० प्रतिशत क्षमताबाट २५ प्रतिशतमा झार्ने योजना बनाइएको छ । तर न्युयोर्कबासीले यो साता आफ्नो व्यवहार परिवर्तन गरेमा र अस्पताल भर्ना हुने दरमा कमी आएमा भने इन्डोर डाइनिङ बन्द गरिने छैन । न्युयोर्कबासीले अपनाउने सावधानीमा यो कुरा भर पर्ने गभर्नर कुमोले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबारको सीडीसीको निर्देशिका अनुशार काम गरिने कुमोले बताएका हुन् । सीडीसीले जिम र शैलुनका सन्दर्भमा उस्तै निर्देशिका नबनाएकाले जिम र शैलुन भने बन्द नहुने जनाइएको छ । गभर्नर कुमोले डाक्टर एन्थोनी फाउचीको ब्रिफिङमा बोल्दै यो कुरा बताएका हुन् । डाक्टर फाउचीले विजनेजका मालिकका लागि आर्थिक सहयोग सहित बन्दको योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

बारहरु बन्द गर्ने र विद्यालयहरु खोल्ने योजना सही भएपनि रेष्टुरेण्ट र बारहरु आर्थिक समस्याका कारण समाप्त हुने अवस्था भने आउन दिन नहुने फाउचीले बताए । संघीय सरकारले बार, रेष्टुरेण्ट लगायतका विजनेशलाई सहयोगका लागि राहत प्याकेजहरु ल्याउनुपर्ने कुमोको भनाई थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com