न्युयोर्क आउँदै गरेको विमानमा बमको त्रास, जेएफकेको रनवे केहीबेर बन्द


प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार

न्युयोर्क आउँदै गरेको विमानमा बमको त्रास फैलिएपछि जोन अफ केनेडी विमानस्थलको रनवे केहीबेर बन्द गरिएको छ । मस्कोबाट न्युयोर्क आउँदै गरेको विमानमा बम रहेको सुचना अधिकारीहरुले प्राप्त गरेपछि अनुसन्धानका क्रममा एउटा रनवे नै बन्द गरिएको थियो ।

विमानस्थलमा विमान अवतरण गरिसकेपछि प्रहरीले विमान खाली गराउन मद्दत गरेको थियो । त्यसपछि विमानमा चेकजाँच गरिएको थियो । पछि कुनै जोखिम नरहेको पाइएपनि सुरक्षा खतरा नभएको जनाइएको थियो । विमान आइतबार दिउसो अवतरण गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धानका कारण मस्को जाने विमान उडानमा समेत केहीबेर ढिला भएको थियो । तर पछि विमानस्थल पूर्णरुपमा खुला रहेको र उडानहरु तालिकामा नै संचालन भइरहेको जनाइएको थियो । विमानमा बम रहेको सुचना कस्ले दिएको थियो वा कसरी फैलिएको थियो भन्नेबारे भने केही बताइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com