साप्ताहिक ३ सय समेटिएको राहत प्याकेज प्रस्ताव छिटोमा सोमबार


प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार

भर्जिनियाका डेमोक्रेटिक सिनेटर मार्क वार्नरले कोरोना राहत प्याकेज प्रस्ताव छिटोमा सोमबारसम्म सार्वजनिक हुने बताएका छन् । काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ३ सय डलर, विद्यार्थी ऋण तिर्नमा लगाइएको स्थगनको निरन्तरता, घरनिकाला हुनबाट जोगाउन दिइएको आदेशको निरन्तरता, अर्को चरणको पीपीपी र भ्याक्सिनका लागि १६ बिलियन डलरसहितको नयाँ प्योकज प्रस्ताव ल्याउने तयारी भइरहेको छ ।

सिनेटमा कोरोना प्याकेजबारे काम गरिरहेको दुईदलीय समुहका सदस्य समेत रहेका वार्नरले सहमतिको नजिक पुगेको बताएका छन् । अहिले भाषामा काम गरिरहको र सोमबारसम्म प्याकेज प्रस्ताव सार्वजनिक हुने उनले बताएका छन् । यो ९ सय ८ बिलियन डलरको चार महिने राहत प्याकेज हुने उनको भनाई छ ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याकोनेलले आफूले सोमबार सम्म राहत प्याकेज प्रस्ताव हेर्न चाहेको स्पष्ट पारेका छन् । सिनेटका दुबै दलका सांसदहरु राहत प्याकेज प्रस्ताव बनाउनमा लागि परेका छन् । डिसेम्बर ११ अगाडि खर्च बिल पारित नभए सरकार शटडाउन हुने भएकाले खर्च बिल र राहत प्याकेज एकसाथ पारित गर्नमा सांसदहरु जुटिरहेका छन् ।

प्याकेजमा विजनेशहरुका उत्तरदायीत्व संरक्षण र स्थानीय सरकारहरुलाई रकम उपलब्ध गराउने विषयमा अझै पनि दुई दलका सांसदहरुबीच मतभेद कायम रहेको छ । चुनाव अगाडि ठूलो राहत प्याकेजमा छलफल भएको भएतापनि अहिले पनि सानो अस्थायी राहत प्याकेजबारेमात्र छलफल भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कैयन डेमोक्रेटिक सांसदहरुले राहत प्याकेजमा दोश्रो चरणको राहत चेक र बेरोजगार विमाको अतिरिक्त साप्ताहिक ६ सय डलरसम्म थप्न माग गरिरहेका छन् । यी कुराहरु नथपे जनस्तरमा राहत प्याकेजको प्रत्यक्ष प्रभाव नपर्ने उनीहरुको भनाई छ ।

अक्टोबरमा ट्रम्प प्रशासनले अफर गरेको भन्दा आधा सानो राहत प्याकेजमा डेमोक्र्याट्सहरु अहिले सहमत भएकोमा आलोचना समेत भइरहेको छ । तर हाउस स्पीकर न्यान्सी पेलोसीले यो अस्थायी प्याकेज भएको र बाइडेन राष्ट्रपति भइसकेपछि नयाँ प्याकेज ल्याइने बताएकी छिन् ।

ट्रम्प प्रशासनले अक्टोबरमा १ दशमलव ८ ट्रिलियनका राहत प्याकेज अफर गरेकोमा अहिले पेलोसीले त्यसको आधा अर्थात् ९०८ बिलियनको राहत प्याकेजमै समर्थन जनाएकी छिन् । पेलोसीले विगतमा आफूहरुले २ दशमलव २ ट्रिलियन डलरका लागि लिएको अडानले नतिजा देखाएको बताएकी छिन् ।

त्यो गल्ती नभएको र विगतको निर्णयका कारण नै अरुबिना नै सही काम गर्न सकिने स्थानमा आइपुगेको उनले बताइन् । नयाँ राष्ट्रपति र भ्याक्सिन पूर्णरुपमा गेम चेन्जर रहेको उनले बताइन् ।

उनले कैयन महिना राहत प्याकेजबारे ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनसँगको वार्तामा विताएकी थिइन् । अन्त्यमा ह्वाइटहाउसले १ दशमलव ८ ट्रिलियन डलरको राहत प्याकेज प्रस्ताव अगाडि सारेको थियो । जसलाई उनले अस्वीकार गरेकी थिइन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com