टेक्सासमा प्राकृतिक रुपमा मृत्यु भएका ठानिएका २२ बृद्धाको सिरियल किलरबाट हत्या


प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार

अमेरिकाको टेक्सासमा प्राकृतिक रुपमा मृत्यु भएका ठानिएका २२ बृद्धाको सिरियल किलरबाट हत्या भएको प्रहरीले दावी गरेको छ । सुरुमा उनीहरुको मृत्यु प्राकृतिक रुपमा लडेर वा ठोक्किएर भएको ठानिएपनि प्रहरीले अनुसन्धानपछि उनीहरुको सिरियल किलरबाट हत्या भएको दावी गरिएको हो ।

पूर्व हेल्थ केयर वर्कर बिली चेमिरमिरलाई टेक्सासको डलास र कोलिन काउन्टीमा १४ जना बृद्धबृद्धाको हत्या गरेको अभियोग अधिकारीहरुले दर्ता गरेका छन् । ४७ बर्षकी बिलीले सन् २०१६ देखि सन् २०१८ को बीचमा उनीहरुको हत्या गरेको अधिकारीहरुको दावी छ । त्यो बाहेक अरु कम्तीमा ८ जना बृद्धबृद्धाको हत्या पनि बिलीले गरेको आंशका गरिएको छ ।

बिलीले बृद्धबृद्धाको हत्याका लागि हेल्थकेयरको अनुभव प्रयोग गरेको जनाइएको छ । समुदायमा रहेका अशक्तहरुलाई निशाना बनाएको र यो घटना अत्यन्तै दर्दनाक रहेको प्रहरीले जनाएको छ । बिलीले भने आफूबिरुद्धका अभियोगहरु स्वीकार गरेका छैनन् । उनका वकिलले उनीबिरुद्धका अभियोगहरु परिस्थीतिजन्य भएको दावी गरेका छन् ।

हत्याको अभियोग लागेका बिली

तर अधिकारीहरुले भने बिली नै हत्यामा संलग्न भएका प्रमाणको खात रहेको बताएका छन् । भिडियो, डीएनए रेकर्ड र प्रत्यक्षदर्शी समेत रहेको जनाइएको छ । बिलीले हत्याको प्रयास गरेका ९१ बर्षकी एक बृद्धा समेत त्यसको प्रमाण रहेको जनाइएको छ । ती बृद्धा बाँच्न सफल भएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्याका आप्रवासी बिली अमेरिकाका ग्रिनकार्डवाहक रहेको जनाइएको छ । उनलाई अहिले डलास काउन्टी जेलमा राखिएको छ भने साढे ११ मिलियन डलर जमानत तोकिएको छ । उनको सुनुवाई २०२१ मा हुने तय भएको छ ।

हत्या गरिएकीमध्ये एकजना डायन डेलहन्टी रहेकी थिइन् । ७९ बर्षकी ती बृद्धा अपार्टमेन्टमा मृत फेला परेकी थिइन् । उनको टाउकोमा चोट लागेको थियो । सुरुमा उनी विस्ताराबाट लडेर टाउकोमा चोट लागेका कारण मृत्यु भएको अनुमान गरिएको थियो । त्यीतेबला उनका औंठीहरु समेत हराएका थिए । अहिले उनको मृत्यु नभई हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बिलीले अधिकांश बृद्धाहरुलाई सिरानीले च्यापेर मारेको र गहनाहरु लुटेको प्रहरीले जनाएको छ । एकजना बृद्धलाई सिरानीले च्यापेर बेहोस बनाएपछि बिलीले उनका गहना र बहुमुल्य सामानहरु लुटेपनि ती बृद्धा पछि चमत्कारिक रुपमा बाँचेकी थिइन् । त्यसपछि घटनाको रहस्य खुल्दै गएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com