पेन्टागनमा बाइडेनको टिमलाई पहुच, ट्रम्पका बफादार काश्यप पटेलको रोक्ने प्रयास असफल


प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार

ट्रम्प प्रशासनले रक्षा मन्त्रालय अन्तरगतका खुफिया एजेन्सीहरु सदस्यहरुसँगका बैठकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको टिमलाई पहुच कायम गर्नबाट रोकेको समाचार पेन्टागनले अस्वीकार गरेको छ । पेन्टागनले शनिबार रक्षा मन्त्रालय सहज तरिकाले सत्ता हस्तान्तरणमा सकारात्मक रहेको बताएको छ ।

वासिंटन पोष्ट र अन्य अमेरिकी संचारमाध्यमहरुले रक्षा मन्त्रालयका राष्ट्रिय सुरक्षा एजेन्सीका नेताहरुलाई बाइडेनको टिमसँग भेट्नमा रोक लगाइएको समाचार प्रकाशित गरेका थिए । त्यस्तै रक्षा मन्त्रालयको खुफिया एजेन्सी र अन्य सैन्य जासुसी सेवाका अधिकारीहरुलाई पनि भेट्नमा बाइडेनको टिमलाई रोकिएको जनाइएको थियो ।

तर शनिबार कार्यवाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले एक वक्तब्य जारी गर्दै रक्षा मन्त्रालय र अहिलेको संक्रमणकालिन नेतृत्वले बाइडेनको टिमसँग पूर्णरुपमा समन्वय गरिरहेको बताएका छन् । पेन्टागनले बाइडेनको टिमसँग दर्जनौं भेटघाट र अन्तरवार्ताहरु भइसकेको तथा आगामी साताहरुमा कैयन भेटघाटहरु तय भएको समेत जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी बाइडेनको टिमले रक्षामन्त्रालयका खुफिया समुदायका सदस्यहरुलाई भेट्न भने अझै पनि बाँकी रहेको जनाइएको छ । बाइडेनको टिमले रक्षा मन्त्रालयको सत्ता हस्तान्तरण समुहसँग सम्पर्क गर्नुपर्नेमा सिधै एजेन्सीहरुलाई सम्पर्क गरेका कारण भेटघाटमा रोक लगाइएको थियो भने र बाइडेनको टिमलाई पेन्टागनमा अनुरोध पठाउन भनिएको थियो ।

तर यो समस्याको पनि समाधान भइसकेको जनाइएको छ । सोमबार र मंगलबार रक्षा मन्त्रालय सम्बन्धित खुफिया एजेन्सी र समुदायसँग बाइडेनको टिमको बैठकहरु समेत आयोजना गरिएको छ ।

यसअगाडि डोनाल्ड ट्रम्पका बफदार काश्यप प्रमोद पटेलले बाइडेनको टिमलाई पेन्टागनमा खुफिया एजेन्सीहरुसँगको बैठकका लागि पहुच कायम गर्नमा रोक लगाउने प्रयास गरेका थिए । पटेल रक्षा मन्त्रालयका कार्यवाहक रक्षामन्त्री मिलरका चिफ अफ स्टाफ हुन् । पटेललाई गत महिनाको चुनावपछि चिफ अफ स्टाफ बनाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com