अमेरिकामा संक्रमित भएको थाहा पाएरै विमान चढ्ने पक्राउ र जरिवाना, विमानमा दीर्घकालिन प्रतिबन्ध


प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार

अमेरिकाको युनाइटेड एयरलाइन्सले कोरोना संक्रमण भएको थाहा हुँदाहुँदै पनि विमान चढ्ने एक जोडीलाई भविश्यमा उक्त एयरलाइन्सको विमान चढ्नमा अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ । हवाई निवासी उनीहरुलाई कोरोना पोजेटिभ भएको थाहा पाएरै पनि विमान चढेकोमा पक्राउ समेत गरिएको छ ।

उनीहरु क्यालिफोर्नियाको सान फ्रान्सिस्कोबाट युनाइटेड एयरलाइन्समार्फत हवाई जाँदै थिए । सान फ्रान्सिस्कोको क्वारेन्टीन स्टेशनले उनीहरुलाई विमान नचढ्न र सेल्फ आइसोलेसनमा बस्न भनेको थियो । तर उनीहरुले उक्त आदेशको अवज्ञा गर्दै अरु यात्रुलाई समेत खतरामा राखेर विमान चढेका थिए ।

४१ बर्षकी मोरिबी र ४६ बर्षका पिटरसनलाई हवाईमा अवतरण गर्न वित्तिकै पक्राउ गरिएको थियो । उनीहरुलाई अरुलाई खतरामा राखेकोमा सेकेण्ड डिग्री लापरवाहीको अभियोगमा मुद्दा दायर गरिएको छ । उनीहरुलाई अहिले भने एकएकहजार डलर धरौटीमा रिहा गरिएको छ भने अदालती सुनुवाईमा बोलाइने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुको साथमा एकजना बच्चा पनि रहेको जनाइएको छ । बच्चालाई परिवारको सदस्यको हेरचाहका लागि जिम्मा लगाइएको छ भने चाइल्ड प्रोटेक्टिभ सर्भिसलाई पनि खबर गरिएको छ । बच्चा र उनीहरुबीचको सम्बन्ध भने खुलाइएको छैन ।

प्रहरीले सरकारका नियमहरु पालना गर्न सबैसँग अनुरोध गरेको छ । कोरोना फैलिन नदिन सरकारी मापदण्डहरुको पालना गर्न प्रहरीले अनुरोध गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com