अक्टोबरमा ट्रम्प प्रशासनले अफर गरेको भन्दा आधा सानो राहत प्याकेजमा पेलोसीको समर्थनको बचाउ


प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार

अक्टोबरमा ट्रम्प प्रशासनले अफर गरेको भन्दा आधा सानो राहत प्याकेजमा हाउस स्पीकर न्यान्सी पेलोसीले समर्थन गरेकोमा उनले यसो गर्नु गल्ती नभएको भन्दै आफ्नो वचाउ गरेकी छिन् । ट्रम्प प्रशासनले अक्टोबरमा १ दशमलव ८ ट्रिलियनका राहत प्याकेज अफर गरेकोमा अहिले पेलोसीले त्यसको आधा अर्थात् ९०८ बिलियनको राहत प्याकेजमै समर्थन जनाएकी छिन् ।

पेलोसीले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै विगतमा आफूहरुले २ दशमलव २ ट्रिलियन डलरका लागि लिएको अडानले नतिजा देखाएको बताएकी छिन् । त्यो गल्ती नभएको र विगतको निर्णयका कारण नै अरुबिना नै सही काम गर्न सकिने स्थानमा आइपुगेको उनले बताइन् । नयाँ राष्ट्रपति र भ्याक्सिन पूर्णरुपमा गेम चेन्जर रहेको उनले बताइन् ।

पेलोसीको पछिल्लो प्रतिकृयाले विगतमा लिएको उनको अडानमा परिवर्तन भएको देखिएको छ । उनले कैयन महिना राहत प्याकेजबारे ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनसँगको वार्तामा विताएकी थिइन् । अन्त्यमा ह्वाइटहाउसले १ दशमलव ८ ट्रिलियन डलरको राहत प्याकेज प्रस्ताव अगाडि सारेको थियो । जसलाई उनले अस्वीकार गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो सानो आकारको राहत प्याकेजमा बेरोजगारी विमा रकमका अतिरिक्त संघीय सरकारबाट अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्ने, साना विजनेशहरुलाई सघाउने र जनस्वास्थ्यका लागि खर्च गर्ने लगायतका विषय समेटिएको छ । तर यो प्याकेजमा दोश्रो चरणको १२ सय डलरको राहत चेक भने समेटिएको छैन ।

संसदसमक्ष डिसेम्बर ११ अगाडि खर्च सम्बन्धि पारित गर्नुपर्ने बाध्यता पनि रहेको छ । यदि डिसेम्बर ११ अगाडि खर्च सम्बन्धि बिल पारित नगरे सरकार शटडाउन हुनेछ । आफू र सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेल सरकारी खर्च विधयेकसँगै जोडेर राहत प्याकेज पारित गर्न सहमत भएको पेलोसीले बताइन् ।

यो राहत प्याकेज छोटो समयका लागि भएको र नयाँ संसदको सेसन सुरु भएपछि तथा जो बाइडेन राष्ट्रपति भएपनि अरु राहतका कार्यक्रम ल्याउने उनले संकेत गरिन् । जो बाइडेनले पनि यो सानो आकारको राहत प्याकेजलाई डाउन पेमेन्टको संज्ञा दिदै यसको समर्थन गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com