KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

गाँजालाई बैधानिक बनाउने बिल अमेरिकी संसदको तल्लो सदनबाट पारित

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार

अमेरिकामा कैयन राज्यमा गाँजालाई बैधानिक बनाइएपनि अमेरिकाको संघीय स्तरमा भने गाँजालाई अवैधानिक मानिन्छ । तर आज अमेरिकी संसदको तल्लो सदन हाउसबाट गाँजालाई अपराधको श्रेणीबाट हटाउने बिल पारित भएको छ ।

संसदका २२८ सदस्यहरुले गाँजालाई बैधानिक मान्यता दिने पक्षमा मतदान गरेका थिए भने १६४ जनाले विपक्षमा मतदान गरेका थिए । यो बिलमा गाँजा सम्बन्धि केही अपराधलाई हटाउने व्यवस्था समेत गरेको छ ।

यो बिलमा गत अक्टोबरमा नै मतदान हुनुपर्ने भएपनि हुन सकेको थिएन । कोरोनाबारेको राहत प्याकेजबारेको दवाव र चुनाव अगाडि गाँजाबारेको बिल पारित गर्ने प्राथमिकता नभएका कारण यो बिलमा अहिलेमात्र मतदान गरिएको हो ।

प्रगतिशिल अभियन्ताहरुले संसदको तल्लो सदनबाट गाँजालाई बैध बनाउने बिल पारित भएकोमा प्रशंसा गरेका छन् । अमेरिकाका १५ वटा राज्यहरुमा बयस्कहरुले मनोरञ्जनका लागि गाँजाको प्रयोग गर्न पाउने नियम रहेको छ । त्यस्तै ३६ वटा राज्यमा औषधीका रुपमा प्रयोग गर्न पाइने नियम छ ।

गतबर्ष गरिएको एउटा सर्वेक्षणमा ६३ प्रतिशत अमेरिकनहरु गाँजालाई संघीय स्तरमा समेत बैध बनाउने पक्षमा रहेका थिए । यद्यपी यो बिल तत्काल सिनेटबाट पारित हुने सम्भावना भने निकै कम रहेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघमा गाँजालाई अति खतरनाक लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान भएको छ । यसअघि विश्व स्वास्थ संगठनले पनि गाँजालाई अति खराब लागुऔषधको सूचीबाट हटाउन राष्ट्रसंघ समक्ष सिफारिस गरेको थियो । गाँजाको अनुसन्धान र विश्वमा यसको औषधिय प्रयोगका लागि यस निर्णयको प्रभाव ठूलो रहने अपेक्षा गरिएको छ ।

नार्कोटिक ड्रग्सका लागि संयुंक्त राष्ट्रसंघको कमिसनमा रहेका ५३ सदस्य राष्ट्र मध्ये गाँजालाई खतरनाक ड्रग्सको सूचीबाट हटाएर पुनवर्गिकरण गर्नुपर्ने पक्षमा २७ सदस्य राष्ट्र र विपक्षमा २५ सदस्यले भोट हालेका छन् । यसअघि गाँजालाई १९६१ को भेलाले अति खतरनाक लागुऔषधको सूचीमा राखेको थियो । गाँजालाई हेरोइन, मेथाडोन, मोर्फाइन, अफिम र कोकिनजस्ता ड्रग्ससँग अति खराब लागुऔषधको सूचीमा सूचीकृत गरिएको थियो ।

अमेरिका र अधिकांश युरोपेली देशहरुले गाँजालाई यस सूचीबाट हटाउनुुपर्ने पक्षमा मत खसालेका थिए भने चीन, पाकिस्तान, रुसलगायत देशहरुले विपक्षमा मत खसाले ।

पीडा नियन्त्रणका लागि गाँजाको प्रयोग

अमेरिकी चिकित्सक पिटर ग्रिनस्पुनले हारभर्ड विश्वविद्यालयको प्रकाशनमा गाँजा सेवनका फाइदाबारे उल्लेख गरेका छन् । अमेरिकाका अधिकांश राज्यहरुमा मेडिकल प्रयोजनका लागि गाँजाको प्रयोग वैध मानिन्छ ।

एकसयवटा सकृय तत्वहरु पाइने गाँजामा हुने टेट्राहाइड्रोकानाबाइनोलका कारण व्यक्ति गाँजा सेवनपछि लठ्ठ पर्ने हुन्छ । त्यही तत्वका कारण गाँजाको नशा चढ्ने भएपनि गाँजा सेवनका दर्जनौं फाइदाहरु छन् । तर दुब्र्यसनीका रुपमा नभई औषधीको रुपमा गाँजाको सेवन गर्न जान्नुपर्छ ।

अनिद्रा, चिन्ता, चण्चलता जस्ता समस्याबाट छुटाकारा पाउन गाँजाको सेवन निकै फलदायी मानिन्छ । छारेरोग जस्तो प्राणघातक रोगको उपचार समेत गाँजाबाट सम्भव छ । बाल्यकालदेखिको छारेरोगको गाँजाको सेवनले पूर्ण उपचार सम्भव नभएपनि निकै कमगर्न सम्भव हुने चिकित्सक पिटर ग्रिनस्पुनले जनाएका छन् ।

अमेरिकामा सबैभन्दा धेरै पीडा नियन्त्रणका लागि गाँजाको प्रयोग गरिन्छ । तर हड्डी नै तोडिएको वा अपरेशन पछिको पीडा भने गाँजाको सेवनबाट सम्भव छैन । तर क्रोनिक खालको पीडाहरुमा भने गाँजाको सेवनले राहत दिलाउँछ । एडभिल, अलिभ जस्ता औषधीको साटो गाँजाको सेवन गरेर विभिन्न प्रकारको दुखाई कमगर्न सकिन्छ । मृगौला वा अल्सरको समस्याका कारण पीडा कम गर्ने त्यस्ता औषधी प्रयोग गर्न नसक्नेहरुका लागि गाँजाको सेवन फलदायी मानिन्छ ।

नशाको कारण हुने दुखाई, मासंपेशीमा राहतका लागि गाँजाको सेवन चिकित्सकहरुले फलदायी मानेका छन् । त्यस्तै पार्किन्सन लगायतका रोगको प्रभाव कमगर्न पनि गाँजाको सेवन उपयुक्त मानिन्छ । फाइब्रोमायल्गिया, एंडोमेट्रियोसिस, इंटरस्टिशियल सिस्टिटिसका लागि पनि गाँजाको सेवन फलदायी मानिन्छ । खासगरी लामो समयदेखिको दुखाई छ भने गाँजाको सेवन उपयुक्त मानिन्छ ।

त्यस्तै तौलकम हुने समस्या समाधानका लागि र ग्लुकोमाको उपचारका लागि गाँजाको सेवन उपयुक्त मानिन्छ । एचआईभीका कारण दुखाईबाट ग्रसित हुनेहरुका लागि पनि गाँजाको प्रयोग उपयुक्त ठानिएको छ । तर अति सर्वत्र बर्जयते भनेजस्तो अति सेवन भने घातक हुनसक्छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com