प्रमुख मेडिकल सल्लाहकार बन्न बाइडेनले गरेको प्रस्ताव फाउचीबाट स्वीकार


प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो प्रमुख मेडिकल सल्लाहकार बन्नका लागि गरेको प्रस्ताव अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले स्वीकार गरेका छन् । फाउची अमेरिकाको एलर्जीे र संक्रामक रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक हुन् भने ट्रम्प प्रशासनको ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य समेत हुन् ।

फाउची विश्वमै संक्रामक रोग सम्बन्धि अग्रस्थानमा रहेका बरिष्ठ विशेषज्ञ हुन् । द न्युयोर्कर र न्युयोर्क टाइम्सले फाउचीलाई अमेरिकामा सबैभन्दा बढी विश्वास गर्न सकिने मेडिकल फिगरका रुपमा व्याख्या समेत गरेको थियो ।

फाउचीले शुक्रबार बाइडेनको प्रस्ताव आफूले स्वीकारेको खुलासा गरे । आफूले ‘अन द स्पट’ बाइडेनको प्रस्ताव स्वीकार गरेको फाउचीले बताए । उनले एलर्जी र सरुवा रोगको राष्ट्रिय प्रतिष्ठानमा निर्देशकका रुपमा पनि काम जारी नै राख्नेछन् । उनी सन् १९८४ देखि यो पदमा कार्यरत छन् । उनी यो पदमा आएदेखि अमेरिकामा ६ राष्ट्रपति आइसकेका छन् । बाइडेन सातौं हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले बिहिबार फाउचीसमक्ष यस्तो प्रस्ताव राखेको बताएका थिए । सीएनएनमा कमला ह्यारिससँगको संयुक्त अन्तरवार्तामा बाइडेनले फाउचीलाई कोभिड टिमका रुपमा काम गर्न र प्रमुख मेडिकल सल्लाहकारका रुपमा काम गर्न आग्रह गरेको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com