न्युयोर्क सिटीमा डिसेम्बर १५ र २२ मा भ्याक्सिन आइपुग्ने, कस्ले पाउनेछ पहिले ?


प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार

आगामी साता खाद्य तथा औषधी प्रशासन एफडीएले भ्याक्सिन स्वीकृत गर्ने अपेक्षा भइरहँदा न्युयोर्क सिटीले कोरोनाबिरुद्धको भ्याक्सिन वितरणको योजना बनाएको छ । न्युयोर्क सिटीमा उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरु र नर्सिङ होममा रहेकाहरुलाई पहिलो प्राथमिकता दिइने भएको छ ।

फाइजरको भ्याक्सिन न्युयोर्कमा डिसेम्बर १५ मा आइपुग्ने भएको छ । त्यस्तै मोडेर्नाको भ्याक्सिन डिसेम्बर २२ मा आइपुग्नेछ । त्यतीबेलासम्म दुबै भ्याक्सिनले एफडीएबाट स्वीकृति पाउने अपेक्षा गरिएको छ । न्युयोर्क सिटीले भ्याक्सिन वितरणका लागि संघीय सरकारसँग नजिकबाट काम गरिरहेको छ ।

न्युयोर्क सिटीमा सबैले भ्याक्सिन पाउन भने केही महिनासम्म लाग्नसक्ने मेयर बिल ब्लाजिओले बताएका छन् । न्युयोर्क सिटीमा साप्ताहिक रुपमा भ्याक्सिनका डोजहरु आउने उनले बताए । सबैभन्दा बढी प्रभावित २७ क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरु र नर्सिङ होममा रहेकाहरुले सुरुमा भ्याक्सिन पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीले ३ लाख २० हजार फाइजरको भ्याक्सिन प्राप्त गर्ने र माइनस ८० डिग्री सेल्सियसमा स्टोर गर्ने तयारी गरेको छ । त्यस्तै अरु लाखौं मोडेर्नाका भ्याक्सिन स्टोरका लागि योजना बनाएको छ । अहिले न्युयोर्क सिटीसँग अस्पतालहरुको सहायतामा डेढ मिलियन डोज भ्याक्सिन स्टोर गर्ने क्षमता रहेको छ ।

अमेरिकाले फेब्रुअरीसम्म  एकतिहाई जनसंख्यालाई भ्याक्सिन दिने योजना बनाएको छ । ट्रम्प प्रशासनको भ्याक्सिन कार्यक्रमको नेतृत्व गरिरहेका डाक्टर मोन्सेफ स्लाओवीले फेब्रुअरीसम्म अमेरिकामा एकसय मिलियनलाई भ्याक्सिन वितरण गर्न अमेरिका सफल हुनसक्ने बताएका छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले प्रयोगको स्वीकृति पाएमा अमेरिकाले अझ बढी भ्याक्सिनका डोजहरु प्राप्त गर्नसक्ने देखिएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासनबाट फाइजरको भ्याक्सिनले स्वीकृति प्राप्त गर्नासाथ संघीय सरकारले देशभर २४ घण्टामा साढे ६ मिलियन डोज सप्लाई गर्न सक्ने क्षमता राख्छ ।

त्यस्तै मोडेर्नाको भ्याक्सिनले पनि प्रयोगको अनुमति पाएमा २४ घण्टाभित्र साढे १२ मिलियन डोज भ्याक्सिन सरकारले देशभर सप्लाई गर्ने योजना बनाएको छ । अबको झण्डै दुईसातामा अमेरिकामा भ्याक्सिन वितरणको योजना बनाइएको छ । फाइजरको भ्याक्सिनले डिसेम्बर १० मा स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

अमेरिकामा सुरुमा स्वाीथ्यकर्मीहरु र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई भ्याक्सिन दिने पक्षमा सीडीसीमा मतदान भएको छ । अमेरिकामा २१ मिलियन स्वास्थ्यकर्मीहरु रहेका छन् भने ३ मिलियन दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरु छन् । मेडिकल विशेषज्ञहरुले स्वास्थ्यकर्मीहरु, पहिलेदेखि नै स्वास्थ्य समस्या रहेकाहरु, बुढाबुढीहरु र अत्यावश्यक कामदारहरुले सुरुको चरणमा भ्याक्सिन प्राप्त गर्नुपर्ने बताउँदै आएका छन् । केटाकेटीहरु र अन्य बयस्कहरुले अन्तिममा भ्याक्सिन पाउने अपेक्षा गरिएको छ ।

संघीय सरकारले यो साताको अन्त्यसम्म भ्याक्सिन वितरणको सबै योजनालाई अन्तिम रुप दिनका लागि राज्यहरुलाई भनिसकेको छ । राज्यहरुले अमेरिकामा रहेका ३३१ मिलियनलाई कसरी भ्याक्सिन दिने भन्नेबारे प्रारम्भिक योजना सीडीसीलाई बुझाइसकेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com