न्युयोर्क सिटीका सरकारी स्कुलमा पढ्ने एकलाख विद्यार्थी होमलेस


प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार

– किशोर पन्थी

सन् २०१९ र २०२० को विद्यालय बर्षमा न्युयोर्क सिटीका सरकारी विद्यालयमा पढ्ने १० जनामध्ये एकजना विद्यार्थी होमलेस रहेको एउटा रिपोर्टमार्फत खुलासा भएको छ । कोरोनाको महामारीका कारण उनीहरुले शेल्टर वा अस्थायी आवासबाट अनलाइनक कक्षाहरु लिएका थिए । तर अधिकारकर्मीहरुले यो संख्या अझ बढी भएको बताएका छन् ।

न्युयोर्क सिटीका डिस्ट्रिक्ट र चार्टर स्कुलमा भर्ना भएका १ लाख ११ हजार भन्दा धेरै विद्यार्थीहरु होमलेस भएको पत्ता लागेको छ । एड्भोकेट फर चिल्ड्रेन इन न्युयोर्कले बिहिबार सार्वजनिक गरेको रिपोर्ट अनुशार लगातार पाँचौं बर्षमा होमलेस विद्यार्थीको संख्या ६ अंकमा पुगेको हो ।

न्युयोर्कमा घरवारविहिनताको अनुभव गर्ने विद्यार्थीहरुको कुल संख्या सिंगै बोष्टनका सार्वजनिक विद्यालय प्रणालीमा रहेका विद्यार्थीहरुको संख्या भन्दा धेरै रहेको छ । गतबर्षको तुलनामा यो संख्या न्युयोर्क सिटीमा २ दशमलव २ प्रतिशले गिरावट आएपनि महामारीका कारण त्यस्ता विद्यार्थीहरुले यो बर्ष विगतको भन्दा धेरै समस्या भोग्नु परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूरै अमेरिकामा सरकारी स्कुलमा भर्ना भएका होमलेस विद्यार्थीहरुको संख्या ४ लाख २० हजार रहेको अनुमान गरिएको छ । गतबर्ष ३० प्रतिशतभन्दा कम होमलेस विद्यार्थीहरुले ३ देखि ८ कक्षाका परीक्षाहरु उत्तिर्ण गर्न सफल भएका थिए । अधिकांश त्यस्ता विद्यार्थीहरु अश्वेत र ल्याटिनोहरु रहेका छन् ।

न्युयोर्क सिटीको ब्रोंक्समा सबैभन्दा धेरै होमलेस विद्यार्थीहरु रहेको तथ्यांकले देखाएको छ । त्यहाँ हरेक ६ जना विद्यार्थीहरुमा एकजना होमलेस रहेका छन् । न्युयोर्कको स्वास्थ्य विभागले हजारौं होमलेस विद्यार्थीहरुलाई आईप्याड र इन्टरनेट सेवा प्रदान गरेको थियो ।

शेल्टरहरुमा इन्टरनेटको समस्या हुने भएकाले अनलाइन कक्षामा समस्या हुने गरेको छ । न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले सबै होमलेस शेल्टरहरुमा निशुल्क वाईफाई, प्रविधि र नयाँ उपकरणहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । यद्यपी होमलेस विद्यार्थीहरुको पढाईको नतिजा महामारी अगाडि पनि त्यती राम्रो आउने गरेको थिएन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com