७० बर्षपछि एरिजोनाबाट सिनेटका दुबै सिटमा डेमोक्र्याट्स, मार्क केलीले लिए सपथ


प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार

झण्डै ७० बर्षपछि एरिजोनाबाट सिनेटका दुबै सिटमा एकैपटक डेमोक्रेटिक नेता क्यापिटल हिल प्रवेश गरेका छन् । यसअगाडि १९२६ देखि १९५२ सम्म दुबै डेमोक्रेटिक सिनेटरहरुले एरिजोनाबाट प्रतिनिधित्व गरेका थिए ।

सन् १९९४ देखि सन् २०१८ सम्म एरिजोनाबाट प्रतिनिधित्व गर्ने दुबै सिनेटरहरु रिपब्लिकन रहेका थिए । सन् २०१८ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदबार निर्वाचित भएकोमा यसपटकको निर्वाचनमा पनि डेमोक्रेटिक उम्मेदबार मार्क केली नै निर्वाचित भएका छन् । अर्थात् अब एरिजोनाबाट प्रतिनिधित्व गर्ने दुबै सिनेटरहरु डेमोक्र्याट्सहरु हुन् ।

सन् १९६८ देखि रिपब्लिकनहरुले जित्दै आएको क्षेत्रमा डेमोक्रेटिक उम्मेदबार मार्क केली निर्वाचित भएका हुन् । उनले बुधबार पदको सपथग्रहण गरेका छन् । उनले विशेष निर्वाचन जितेका कारण तुरुन्तै सपथ ग्रहण गर्न पाएका हुन् । गत नोभेम्बर ३ मा निर्वाचित अन्य सिनेटरहरुले भने सपथग्रहणका लागि जनवरीसम्म कुर्नुपर्नेछ ।

अमेरिकाको सिनेटका १ सय सिट संख्या रहेको छ । हरेक राज्यबाट २ जना सिनेटरहरुले प्रतिनिधित्व गर्छन् । सिनेटका सदस्यका लागि हरेक ६ बर्षमा निर्वाचत हुने गर्छ । तर हरेक दुईबर्षमा झण्डै एकतिहाई सिनेटरहरुका लागि निर्वाचन हुने गर्छ ।

यसपटक सिनेटका एकसय सिटमध्ये अहिलेसम्म ४८ सिट डेमोक्र्याट्सले र ५० सिट रिपब्लिकनले जीतेका छन् । जर्जियाबाट बाँकी दुई सिटमा आगामी जनवरीको पहिलो साता विशेष निर्वाचन हुनेछ । सिनेटमा बहुमत कायम गर्नका लागि डेमोक्र्याट्सलाई जर्जियाबाट दुबै सिटमा जीत हासिल गर्न आवश्यक छ । जर्जियामा २ मध्ये एउटामात्र सिट रिपब्लिकनले जीतेपनि सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com