दुईदलका सांसदले ल्याए राहतचेक नसमेटिएको तर बेरोजगारी राहत समेटिएको प्याकेज प्रस्ताव


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका डेमोक्रेटिक र रिपब्लिकन सांसदहरुलको एउटा समुहले दोश्रो चरणको राहत चेक नसमेटिएको तर काम गुमाएकाहरुलाई बेरोजगारी विमा रकमका अतिरिक्त राहत रकम उपलब्ध गराउने योजना सहितको राहत प्याकेज प्रस्ताज ल्याएका छन् । यो प्रस्ताव १ ट्रिलियन डलरभन्दा पनि कम अर्थात् ९०८ बिलियन डलरकोमात्र रहेको छ ।

प्याकेज प्रस्ताजमा स्थानीय र राज्य सरकारलाई सहायता, साना विजनेशलाई सहायता लगायत समेटिएको छ । जस अनुशार १६० बिलियन डलर राज्य र स्थानीय सरकारको सहायताका लागि छुट्याइएको छ भने २८८ बिलियन साना विजनेशका लागि छुट्याइएको छ । ८२ बिलयन शिक्षामा र १६ बिलियन भ्याक्सिन विकाश र वितरणका लागि छुट्याइएको छ । काम गुमाएकाहरुलाई राहतका लागि १८० बिलियन डलर छुट्याइएको छ ।

यो प्याकेज प्रस्तावमा ह्वाइटहाउस र सिनेटको समर्थन हुने नहुने भने स्पष्ट छैन । तर केही सिनेटरहरुले तत्काल राहत प्याकेज आवश्यक भएको बताएका छन् । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र हाउस स्पीकर न्यान्सी पेलोसीबीच महिनौंदेखिको वार्ता निष्कर्षमा पुग्न नसकेको बेलामा यो राहत प्याकेज प्रस्ताव आएको हो ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १३ मिलियन नाघिसकेपनि संसदले अमेरिकनहरुका लागि जुलाई ३१ पनि कुने राहत प्याकेज पारित गर्न सकेको छैन । जसका कारण दोश्रो चरणको राहत चेक पाउने आशामा रहेका र बेरोजगारी विमा रकमको अतिरिक्त रकम पाउने आशामा रहेकाहरु निराश छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के डिसेम्बर ३१ अगाडि दोश्रो चरणको १२ सय डलरको राहत चेक आउन सम्भव होला ? यो प्रश्न यतिबेला धेरैका मनमा उब्जिएको छ । संसदहरु काममा फर्किसकेका छन् । तर सरकार शटडाउन हुनबाट रोक्न उनीहरुलाई बजेट पारित गर्नुपर्ने चटारो रहेको छ । बाइडेनको टिम जनवरीमा सत्ता सम्हाल्ने तयारीमा नै व्यस्त रहेको छ । कैयन अमेरिकनहरु गरिबीमै क्रिसमस मनाउने तयारीमा लागेका छन् ।

नोभेम्बर ३० मा वासिंटन डिसी फर्केका सांसदहरुले चाहेको खण्डमा राहत प्याकेज पारित हुनसक्छ । तर गत मार्चमा पारित भएको जस्तो राहत प्याकेज पारित हुने सम्भावना तत्काल नभएको कैयन अर्थशास्त्रीहरुको भनाई छ । मार्चमा पारित २ दशमलव २ ट्रिलियनको राहत प्याकेज अन्तरगत अधिकांश अमेरिकनहरुले १२ सय डलरको चेक प्राप्त गरेका थिए ।

तर नयाँ राहत प्याकेजका सन्दर्भमा डेमोक्र्याट्स र रिपब्लिकनहरुबीच अझै पनि कुनै सहमति कायम भएको छैन । विभिन्न राज्यहरुलाई राहत रकम दिनेदेखि बेरोजगारी विमाका अतिरिक्त प्रदान गरिने रकमका सन्दर्भमा समेत दुईदलबीच मतभेद कायम रहेको छ ।

संसदले डिसेम्बरमा राहत प्याकेज पारित गरेमा पनि राहत चेक पठाउन भने आईआरएसलाई केहीसमय लाग्नसक्नेछ । आईआरएसलाई त्यसका लागि केही हप्ता लाग्ने जनाइएको छ । राहत प्याकेज पारित भएमा पनि कैयन चेक हुलाकमार्फत पठाउनुपर्ने भएकाले राहत चेक प्राप्त गर्न एकदेखि ३ महिनासम्म लाग्नसक्छ ।

यसैबीच कैयनले प्राप्त गरिरहेको बेरोजगारी विमा रकमको अवधि समाप्त हुन लागेको छ भने भाडा तिर्न नसकेका कारण घरनिकाला हुनबाट जोगाउने आदेशको अवधि पनि डिसेम्बरको अन्त्यमा सकिदैछ । तत्काल कुने राहत पारित नभए नयाँ बर्ष सुरु हुनासाथ अमेरिकामा कैयन होमलेस हुने सम्भावना रहेको छ ।

भाडा नतिरेका कारण घर निकाला हुनबाट जोगाउने अवधि समाप्त भएपछि अमेरिकामा डिसेम्बरको अन्त्यपछि ६७ लाख व्यक्ति घरनिकालाको जोखिममा हुनेछन् । क्रिसमस लगत्तै १ करोड २० लाख भन्दा बढीको बेरोजगारी विमा रकम पाउने अवधि समाप्त भई रकम प्राप्त हुन बन्द हुनेछ ।

यसैबीच दोश्रो चरणमा १२ सय डलरको राहत चेक पठाउन आग्रह गर्दै १२५ भन्दा बढी अर्थशास्त्रीहरुले अमेरिकी संसदलाई खुलापत्र लेखेका छन् । कोरोनाको महामारीमा दोश्रो चरणको राहत प्याकेज पारित नभएको अवस्थामा अर्थशास्त्रीहरुले यस्तो आव्हान गरेका हुन् ।

अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि अमेरिकनहरुको खातामा दोश्रो चरणको राहत चेक पठाउनु सबैभन्दा छिटो र उपयुक्त उपाय हुने उनीहरुले बताएका छन् । यसरी सरकारले राहत चेक पठाएमा अमेरिकी परिवारको आर्थिक अवस्थामा सहीमार्गमा आउने र अमेरिकी अर्थतन्त्रमा सकारात्मक असर पर्ने उनीहरुको भनाई छ ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाका लागि काम गरेका बरिष्ठ अर्थशास्त्री ज्यासन फर्मयान, फेडरल रिजर्भ बोर्डका पूर्व उपाध्यक्ष एलन ब्लाइन्डर लगायतले उक्त खुलापत्र लेखेका हुन् । अर्थशास्त्रीहरुले अमेरिकामा गरिबी बढ्नबाट रोक्ने सबैभन्दा महत्वपूर्ण साधन राहत चेक भएको बताएका छन् ।

बेरोजगारी विमामा अतिरिक्त रकम पनि जुलाई अन्तिम देखि समाप्त भइसकेको छ । जुलाईको अन्तिमसम्म बेरोजगारी विमामा साप्तहिक ६ सयका दरले अतिरिक्त रकम प्रदान गरिएको थियो । तर नयाँ राहत प्याकेजमा सहमति कायम हुन नसक्दा त्यसयता अमेरिकनहरु गरिबीतिर धकेलिएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com