पौडेलको जन्मदिनमा नेकपा सचिवालय बैठकमै काटियो केक


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसरमा बालुवाटारमा आज केक काटिएको हो । पौडेललाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्य लगायतले केक खुवाउँदै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

केक काटेपछि बालुवाटारमा बैठक जारी छ । आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय बैठकमा पेश गरेको अलग अलग राजनीतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ । प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवदन पेश गरेपछि प्रधानमन्त्री केपी ओलीले १३ मंसीरमा जवाफी प्रतिवदन पेश गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com