निकुञ्जमा गैँडा मर्ने क्रम बढेसँगै समितिले थाल्यो छलफल


प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो । टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तक्रिया गर्नेछ ।

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मात्रै विभिन्न कारणबाट १६ गैँडाको मृत्यु भइसकेको छ । यसमध्ये चार गैँडा चोरी शिकारबाट मरेको निकुञ्जको तथ्याङ्क छ । विश्वमै दुर्लभ मानिने एक सिङ्गे गैँडाको मृत्यु हुने क्रम बढेपछि संरक्षणकर्मी चिन्तित बनेका छन् । वन र वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जले काम गरिरहेका छन् ।

सन् २०१५ मा भएको गैँडा गणना अनुसार निकुञ्जमा ६०५ गैँडा थिए । यो बीचमा १५६ गैँडाको विभिन्न कारणबाट मृत्यु भएको छ । निकुञ्जले केही वर्ष शून्य चोरी शिकार वर्ष मनाए पनि अहिले भने गैँडा मर्ने क्रम रोक्न निकुञ्ज विशेष रणानीतिका साथ अगाडि बढ्ने भएको छ । कालगतिबाट गैँडा मर्ने कुरा सामान्य भए पनि चोरी शिकारबाट गैँडा मर्नुमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको आशङ्का गरिएको छ ।

निकुञ्जसँग जोडिएका विपन्न समुदायका लागि निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाले आयमूलक सीपका लागि तालीम दिने काम गरिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज गैँडाको मृत्युबारे गम्भीर भएर यसको समस्या पत्ता लगाई समधानमा लाग्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाका कारण भएको बन्दाबन्दीले निकुञ्जमा चोरी शिकार बढेको आशङ्का गरिएको भए पनि यसले कुनै प्रभाव नपारेको निकुञ्ज प्रमुख बरालको भनाइ छ । निकुञ्जले गैँडाको चोरी शिकार नियन्त्रणका लागि यस आसपासका बस्तीमा विषेश निगरानी समेत बढाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com