टिकटकमा देखिए प्रधानमन्त्री ओली
प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा एकाउन्ट खोलेका छन् । आइतबार खोलेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ।
एकाउन्टमा एउटा भिडिओ अपलोड गरिएको छ । जुन भिडियोको भ्युज एक लाख १४ हजार बढी पुगिसकेको छ। १ सय ७७ कमेन्ट, झण्डै ८ हजार बढी लाइक पाइसकेको छ ।
एकाउन्टलाई एक हजार ३ सय २ जनाले फ्लो गरिसकेका छन् ।