सिड्नीमा अहिलेसम्मैको नोभेम्बरको तातो रात, सन् १९६७ मा २४.८ डिग्री सेल्सियस


प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार

सिड्नीमा आइतबारको रातले अहिलेसम्मैको नोभेम्बरको तातो रातको रेकर्ड कायम गरेको छ । आधिकारिक रुपमा समर सुरु हुन केही दिन बाँकी रहेपनि आइतबार रातीको तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो भने दिउसा तापक्रम बढ्दै गएर ४० डिग्री सेल्सियससम्म पुगेको थियो ।

आइतबार राती अब्जर्भेटरी हिलमा तापक्रम २५ दशमलव ४ डिग्री सेल्सीयस पुगेको थियो । यसअघि सन् १९६७ मा अब्जर्भेटरी हिलमा नोभेम्बर महिनाको रात्रिकालीन तापक्रम २४ दशमलव ८ डिग्री सेल्सीयस मापन गरिएको थियो।

गर्मी बढेपछि अग्निशमन निकायले न्यू साउथ वेल्स राज्यका पूर्वी तथा पूर्वोत्तर भागमा आगो बाल्न निषेध गरेको छ। सप्ताहान्तमा साउथ अस्ट्रेलिया र भिक्टोरिया राज्यसहित देशका अन्य भागमा गर्मी ह्वात्तै बढेको छ।

सिड्नीमा गर्मी बढ्न थालेपछि मानिसहरू समुद्री तटमा जान थालेका छन् । भिडभाड गर्दा कोरोनाभाइरस फैलिन सक्ने भएकाले राज्यको स्वास्थ्य विभागले मानिसहरूलाई भौतिक दूरीसम्बन्धी नियम पालना गर्न सचेत गराएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्ट्रेलियाको मौसम हेर्ने निकायले दक्षिणी न्यू साउथ वेल्स र दक्षिणपूर्वी क्वीन्सल्यान्डका केही भागमा यो साता दिन प्रचण्ड गर्मी भई उष्ण लहर फैलिन सक्ने पूर्वानुमान गरेको छ।

रुरल फायर सर्भिसले पनि न्यू साउथ वेल्स राज्यका पूर्वी र पूर्वोत्तर क्षेत्रहरूमा आगलागी हुनसक्ने चेतावनी दिएको छ।

अहिले उक्त राज्यका ४५ वटाजति स्थानमा डढेलो लागेको पत्ता लागेको छ। एउटा आगोले भने सिड्नीबाट पश्चिमतिर केही घरहरूमा खतरा हुने देखिएको छ।

गतबर्षको गर्मी याममा अस्ट्रेलियामा २ दशमलव ४ करोड हेक्टर जमिनमा डढेलो फैलिएको थियो। त्यसलाई अस्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा सघन डढेलो मानिएको थियो।

आगलागी र डढेलोले प्रायः सबै राज्य पीडित भएका थिए। तीन हजारभन्दा बढी घर जल्दा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो।

डढेलोले झन्डै तीन अर्ब पशुपक्षीको ज्यान लिएको वा विस्थापित गराएको बताइन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com