यसकारण मनाइन्छ थ्यांक्सगिभिङ, खाइन्छ ४६ मिलियन टर्की


प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार

नोभेम्बर २६ मा कोरोना महामारीकाबीच अमेरिकामा थ्यांक्सगिभिङ पर्व मनाइएको छ । यो दिन उत्तर अमेरिकामा राष्ट्रिय विदाका रुपमा मनाउने गरिन्छ । यो दिन बर्षमा भएको उब्जनी र अन्य आशिर्वादका रुपमा मनाउने गरिन्छ ।

अमेरिकामा थ्यांक्सगिभिङ डिनरका रुपमा टर्की चराको भोज गर्ने प्रचलन रहेको छ । थ्यांक्सगिभिङमा परिवारसँग बसेर टर्कीका विभिन्न परिकारहरु खाने चलन रहेको छ ।

नेशनल टर्की फेडेरेशनका अनुशार हरेक बर्ष थ्यांक्सगिभिङ मनाउने क्रममा ४६ मिलियन टर्कीहरु खाइन्छ । क्रिममसमा २२ मिलियन र इस्टरमा १९ मिलियन टर्की खाइने नेशनल टर्की फेडेरेशनको तथ्यांक रहेको छ ।

९५ प्रतिशत अमेरिकनहरुले थ्यांक्सगिभिङमा टर्की खाने गरेको तथ्यांक रहेको छ । अमेरिकामा मात्र हरेक थ्यांक्सगिभिङमा ६७५ मिलियन पाउण्ड टर्की खपत हुने गरेको जनाइएको छ । बचेको टर्की स्याण्डवीच, सुप, सलादका रुपमा थ्यांक्सगिभिङ पछिका दिनमा खाने गरिन्छ ।

पहिलो थ्यांक्सगिभिङ डिनर सन् १६२१ म तीर्थयात्रीहरुले खाएको बताइन्छ । त्यतीबेला अन्न उब्जनीको उत्सवका थ्यांक्सगिभिङ डिनर गरिएको र त्यो यता यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ । त्यतीबेला उपनिवेशको पहिलो सफल अन्न उब्जनीका रुपमा मनाइएको थियो । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सन् १८६३ देखि थ्यांक्सगिभिङलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com