एनएमबी बैंकले १ अर्ब १४ करोड १५ लाख रुपैयाँ बराबरको थप सेयर सार्वजनिक निष्काशन ९एफपीओ० गर्ने भएको छ । बैंशाख १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १ करोड १४ लाख १५ हजार १६१ कित्ता साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
प्रिमियम मूल्य कति राख्ने भन्ने बैंकले निर्णय गरिसकेको छैन । ‘बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार नियमनकारी निकायहरुबाट स्वीकृत प्राप्त भएपछि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने निर्णय भएको बताए ।
बैंकमा संस्थापक सेयर ५१ प्रतिशत र सर्बसाधारण सेयर ४९ प्रतिशत बनाउन र पुँजी वृद्धि गर्नको लागि थप सार्वजनिक निष्काशन गर्न लागिएको बैंकले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।