फूटवल आइकन म्याराडोनाको निधन


प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार

फूटवल आइकन डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको गौरवपूर्ण फूटवल इतिहासको नेतृत्व गरेका म्याराडोनाको हृदयघातबाट निधन भएको हो ।

उनी अहिलेसम्मकै उत्कृष्ट फूटवल खेलाडीका रुपमा परिचित छन् । गतमहिना उनको मष्तिष्कमा जमेको रगतको थोपा हटाउन सर्जरी गरिएको थियो ।

म्याराडोनाले सन् १९८६ को विश्वकप फुटवलमा अर्जेन्टिनाको नेतृत्व गरेका थिए । उनले इटली र अर्जेन्टिनामा लिग च्याम्पियनसिप समेत जितेका थिए ।

सन् १९८६ को विश्वकपमा इंग्लयाण्डलाई पाखा लगाउने २ गोल गरेका कारण उनी गोल्डेन ब्वाईका रुपमा परिचित भएका थिए । उनको निधनबाट विश्वको खेलजगत स्तब्ध भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेले भने ९१ खेलमा ३४ गोल गरे। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो। फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। त्यति बेला उनी ३७ वर्षका थिए।

सन् २००८ मा उनलाई अर्जेन्टिना फुटबल टिमको प्रशिक्षक नियुक्त गरिएको थियो। उनको प्रशिक्षणमा २०१० को विश्वकप मैदानमा ओर्लिएको अर्जेन्टिना क्वार्टर फाइनलमा जर्मनीबाट पराजित भयो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com