उम्मेदवारले आचारसंहिता पालना नगरे कडा कारबाही हुन्छःप्रमुख आयुक्त


प्रकाशित मिति : बैशाख २०, २०७४ बुधबार

निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गरिने प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले बताए ।
नेत्रहीन संघले बुधबार काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवार विजयी भए पनि कानुन पालना गर्न÷गराउन नसक्ने बताए ।
उनले निर्वाचन प्रचार गर्दा कसैको पनि मानमर्दन गर्ने काम नगर्न पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com