चीनबाहिर पहिलोपटक कोरोना संक्रमण पुष्टी भएको सिंगापुर अब कोरोनामुक्त


प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार

कुनै बेला कोरोना संक्रमणको उच्च दर रहेको सिंगापुर अहिले कोरोना भाइरसबाट लगभग मुक्त भएको छ । कुनैबेला सिंगापुरमा दक्षिणपूर्वी एसियाकै सबैभन्दा धेरै कोरोना संक्रमणदर रहेको थियो । तर विगत १४ दिनदेखि सिंगापुरमा कोरोना संक्रमणका कुनै पनि स्थानीय केसहरु फेला परेका छैनन् ।

बंगालादेश, भारत र चीनबाट आउने सस्तो कामदारहरुका कारण बर्षको सुरुमा सिंगापुरमा कोरोना संक्तमण ह्वात्तै बढेको थियो । तर अहिले दुईसातादेखि स्थानीय संक्रमण शुन्य रहेको छ भने विदेशबाट आउनेहरुमा संक्रमण देखिएको खण्डमा तुरुन्तै आइसोलेसनमा राख्ने गरिएको छ ।

चीनबाहिर पहिलोपटक कोरोना संक्रमणको केस रिपोर्ट गर्ने सिंगापुर पहिलो देश थियो । जनवरी २३ मा कोरोनाको पहिलो संक्रमण पुष्टी भएदेखि सिंगापुरमा ५८ हजारभन्दा धेरैमा संक्रमण पुष्टी भयो । तर अहिले तीमध्ये प्राय सबैलाई निको भएको छ भने सिंगापुरमा जम्मा २८ जनाको मात्र मृत्यु भयो ।

अधिकांश केसहरु होस्टेल र शयनगृहहरुमा देखिएको थियो भने सरकारले त्यहाँ कडा क्वारेन्टाइनको नीति लागु गरेको थियो । यद्यपी कडा क्वारेन्टीन लागु गर्दा मानवअधिकारवादीहरुले विरोध समेत गरेका थिए । मंगलबार सिंगापुरले संक्रमणको कुनै जीवित समुह नभएको पुष्टी गरेको छ ।

अप्रिलमा सिंगापुरमा दैनिक संक्रमणदर चरम उत्कर्षमा पुगेको थियो । सिंगापुरले कोरोना संक्रमण फैलिन नदिन दुईमहिना लकडाउन गरेको थियो । जनजीवन सामान्य बनेपनि मास्क अनिवार्य गरिनुका साथै सामाजिक दुरीको नियम कडा रुपमा कार्यान्वयन गरिएको छ । सिमाहरु अहिलेपनि ब्यापक रुपमा बन्द गरिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com