ट्रम्प प्रशासनबाट बाइडेनलाई संक्रमण प्रकृया सुरु गर्न अनुमति, खुफिया प्रमुखमा पहिलोपटक महिला छनौट


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

ट्रम्प प्रशासनले नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनलाई औपचारिक रुपमा संक्रमण प्रकृया सुरु गर्न अनुमति दिएको छ । जनरल सर्भिस एडमिनिस्ट्रेशनले आफूहरु औपचारिक रुपमा संक्रमण प्रकृया सुरु गर्न तयार रहेको बाइडेनलाई जानकारी दिएको छ ।

बाइडेनलाई मुख्य कोष, कार्यालय क्षेत्र, गोप्य खुफिया ब्रिफिङ र एजेन्सीहरुमा पहुच प्रदान गरिएको छ । पत्र सार्वजनिकसँगै ट्रम्प प्रशासनले डोनाल्ड ट्रम्पको पराजयलाई स्वीकारेको छ । जो बाइडेन अमेरिकी राष्ट्रपति बन्ने घोषणा भएको दुईसातापछि संक्रमण पकृया सुरु गरिएको हो ।

प्रशासन एमिली मर्फीले आफूलाई औपचारिक संक्रमण प्रकृयामा ढिलाई गर्नका लागि आफूलाई ह्वाइट हाउसबाट कुनै दवाव नआएको बताएकी छिन् । कानुनमा आधारित रहेर आफूले स्वतन्त्र तरिकाले निर्णय गरेको उनले बताएकी छिन् ।

बाइडेनले सोमबार नै आफ्नो मन्त्रिपरिषद र प्रशासनमा नियुक्त गर्ने उच्चपदस्थहरुको नाम समेत सार्वजनिक गरिसकेका छन् । क्युबामा जन्मिएका अलेहान्द्रो मेयरकासलाई बाइडेनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रमुख (गृहमन्त्री) मा नियुक्त गर्ने भएका छन् । उनी होमल्याण्ड सेक्युरिटीको नेतृव गर्ने पहिलो ल्याटिनो हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै राष्ट्रिय खुफिया एजेन्सीको प्रमुखमा बाइडेनले एभ्रिल हेन्सलाई नियुक्त गर्ने भएका छन् । उनी सीआईएको पूर्व सहायक निर्देशक हुन् । उनले ओबामाको कार्यकालमा मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेकी थिइन् । अमेरिकाको खुफियामा पहिलोपटक महिलालाई नेतृत्व दिइने भएको छ ।

अमेरिकामा राष्ट्रिय खुफिया निर्देशक मन्त्रिस्तरको पद हो । जसले अमेरिकाका विभिन्न १७ वटा खुफिया एजेन्सीहरुको प्रमुखका रुपमा काम गर्छ । जसमा सीआईए, डीआईए, सीजीआई लगायत रहेका छन् ।

बाइडेनले यस अगाडि चिफ अफ स्टाफमा रोन क्लेनको नाम छनौट गरिसकेका छन् । त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकारमा ज्याक सुलिभानको नाम छनौट गरेका छन् । राष्ट्रसंघका लागि राजदूतमा लिण्डा ग्रिनफिल्डलाई छनौट गरेका छन् ।

बाइडेनले विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई छनौट गरेका छन् । ब्लीङकेन लामोसमयदेखि विदेश नीतिका सल्लाहकार रहँदै आएका छन् । ओबामा राष्ट्रपति हुँदा उनले उपविदेशमन्त्री र राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रुपमा काम गरेका थिए ।

उनले ओबामा प्रशासनका बेलामा विदेश नीतिका सन्दर्भमा मुख्य भूमिका खेलेका थिए । क्रिमियामाथि रसियाको आक्रमणको कस्तो प्रतिकृया जनाउनेदेखि ओसामाबिन लादेनमाथिको आक्रमण र आईसीसीबिरुद्धको लडाईमा उनले मुख्य भूमिका खेलेका थिए ।

ब्लीङकेनले बिल क्लिन्टनका पालामा समेत राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका थिए । उनले युरोप मामलाका लागि बरिष्ठ निर्देशकका रुपमा समेत काम गरेका थिए । उनी क्लिन्टनको विदेश नीतिबारे भाषण लेख्ने प्रमुख व्यक्ति समेत थिए । ट्रम्पले बिभिन्न देशसँग बिगारेको सम्बन्ध सुधार गर्दै अमेरिकी विदेश नीतिलाई सुदृढ गर्नु उनको मुख्य भूमिका हुनेछ ।

५८ बर्षका ब्लीङकेन मध्यमार्गी व्यक्तित्वका रुपमा परिचित छन् । पेरिसमा हाइस्कुलको अध्ययन गरेका उनले हार्भर्डबाट अण्डरग्रयाजुएट डिग्री हासिल गरेका थिए । त्यस्तै कोलम्बियाबाट कानूनको विषयमा डिग्री हासिल गरेका थिए । उनका पिता डोनाल्ड पनि हार्भर्ड ग्रयाजुएट हुन्, जसले हंगेरीका राजदूत भएर समेत काम गरेका थिए ।

ब्लीङकेनले पत्रकार र वकिलका रुपमा काम गरेका थिए । उनी बाइडेनको चुनावी अभियानमा विदेश नीतिको मुख्य अनुहार रहेका थिए । उनले इरान आणविक सम्झौतामा अमेरिकाको पुन प्रवेशका लागि समेत वकालत गर्दै आएका छन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com