आईएस लडाकुद्धारा शरणार्थी शिविरमा आक्रमण,३० भन्दा बढीको मृत्यु


प्रकाशित मिति : बैशाख २०, २०७४ बुधबार

इराकसंग सिमा जोडिएको सिरियाको शद्धादी नगर नजिकको शरणार्थी शिविरमा आक्रमण भएको छ ।
इस्लामिक अतिवादी समुह आईएसका लडाकुले आक्रमण गर्दा ३० भन्दा बढीको मृत्यु भएको छ ।
मारिनेमा सर्वसाधारण र कुर्द लडाकु रहेको बताइएको छ । सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरमा कम्तिमा ५ जना आत्मघातीले आक्रमण गरेका थिए । बम आक्रमण र त्यसपछिको भिडन्तमा ३४ भन्दा बढी घाईते भएका छन् । घाइते कयौंको अवस्था गम्भीर छ । आक्रमणपछि नजिकैको चेकपोष्टमा रहेका सिरियन डेमाक्रेटिक फोर्सका सेनासँग लडाकुको भीडन्त भएको थियो । लडाकुहरुले आक्रमणपछि थुप्रैलाई अपहरणसमेत गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com