अमेरिकामा आनीको एकल सांस्कृतिक साँझ


प्रकाशित मिति : बैशाख २०, २०७४ बुधबार

चर्चित गायिका आनी छोइङ डोल्मा अमेरिका जाने भएकी छन् । डीसीमा जुन २४ मा हुने ‘युनिटी एण्ड होप युएस टुर – २०१७’ नामक सांगीतिक कार्यक्रमका लागि आनी अमेरिका आउन लागेकी हुन् ।
सांस्कृति साँझ वासिंटन क्षेत्रमा स्थापित थ्रीई इन्टरटेनमेन्ट तथा तामाङ सोसाइटी अफ ग्रेटर वासिंटनको आयोजनामा हुन लागेको हो ।
सांस्कृतिक साँझमा आनीले उनका चर्चित गीतहरुको प्रस्तुति दिनेछिन् । आयोजकले आनीको प्रस्तुति विदेशी तथा नेपाली दुवै समुदायलाई लक्ष्य गरेर हुने जानकारी दिएको बताईएको हो ।
यसका साथै आनीले लस एन्जलस, सन फ्रान्सिस्को, सियाटल, ओरेगन, बोस्टन तथा वासिंटन डिसीमा प्रस्तुति दिनेछिन् ।
नेपालमा संचालनमा रहेका आनीका परियोजनाहरु आरोग्य फाउन्डेसन, आर्य तारा पाठशालालगायतको सहयोगका लागि गरिएको आयोजनाले जनाएको छ ।
कार्यक्रममा गीतारमा न्हू बज्राचार्य, बासुरीमा रमण महर्जन तथा गितारमा गोपाल रसाईली रहने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com