ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा कति माइल पर्खाल लगाउन सफल भए ?


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित हुँदा डोनाल्ड ट्रम्पको एउटा मुख्य एजेण्डा अमेरिकी सिमानामा पर्खाल लगाउनु रहेको थियो । झण्डै ४ बर्षको कार्यकालमा ट्रम्पले सिमाक्षेत्रमा कति माइल पर्खाल लगाउन सफल भए ? जिज्ञासाको विषय हुनसक्छ ।

अमेरिका र मेक्सिकोको सिमा झण्डै २ हजार माइल लामो रहेको छ । ट्रम्पले कार्यकाल सम्हाल्नु अगाडि अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा ६५४ माइल तारबार लगाइएको थियो । जसमध्ये ३५४ माइल पैदलयात्रीलाई रोक्ने अवरोध थियो भने ३ सय माइल गाडी आउनबाट रोक्ने अवरोध थियो ।

ट्रम्पले कार्यकाल सम्हालेपछि ४ सय २ माइल पर्खाल निर्माण गरिएको छ भने २१० माइल पर्खाल निर्माणाधिन अवस्थामा रहको छ । डिसेम्बरभित्रमा ४५० माइल पर्खाल लगाइसक्ने योजना रहेको छ भने ट्रम्प ह्वाइटहाउसमा रहँदासम्म अर्थात् जनवरी २० सम्म पर्खाल लगाउने काम जारी रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी जो बाइडेनले कार्यकाल सम्हालेपछि एकइन्चपनि पर्खाल नथप्ने बताएका छन् । तर उनले ट्रम्प कार्यकालमा लगाइएको पर्खाल भने भत्काउने छैनन् । नयाँ प्रणाली अन्तरगत ट्रम्प प्रशासनले लगाएको पर्खालमा ३५० माइल पुरानै तारबार भएको स्थानमा पुनस्थापना वा दोश्रो पर्खाल लगाइएको हो ।

अहिले मेक्सिको र अमेरिकाको सिमाक्षेत्रमा पुरानो र नयाँ गरी झण्डै ७ सय माइल तारबार र पर्खाल रहेको छ । अर्थात् एकतिहाई भन्दा बढी सिमाक्षेत्रमा तारबार र पर्खाल लागिसकेको छ । अहिले निर्माणाधिन अवस्थामा रहेको र पूर्व निर्माणको अवस्थामा रहेको काम पूरा भएमा १ हजारमाइल अर्थात् झण्डै आधा सिमाना पर्खाल र तारबारयुक्त हुनेछ ।

ट्रम्पले कंक्रिटको पर्खाल लगाउनेबारे कुरा गरेपनि सिमानामा लगाइएको पर्खाल र बार स्टीलको हो । अहिलेसम्म लगाइएको बारपनि स्टीलकै रहेको छ । १८ देखि ३० फिटसम्मको यस्तो बार लगाइएको छ । जुन नाघेर आउन निकै मुस्किल हुनेछ भने बोर्डर एजेन्टले वारपार हेर्न सक्नेछन् ।

अहिलेसम्म ६ लाख टनभन्दा धेरै स्टील प्रयोग गरिसकिएको छ भने साढे ८ लाख क्युबिक यार्ड कंक्रिट प्रयोग गरिसकिएको छ । पर्खाल निर्माणका लागि ५ बिलियन बजेट सीबीपीबाट र १० बिलियन रक्षा मन्त्रालयबाट संकटकाल लगाएर निकालिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com