इटलीमा शक्तिशाली भूकम्प, कैयनको मृत्यु


प्रकाशित मिति : भाद्र ८, २०७३ बुधबार

इटलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कैयनको ज्यान गएको जनाइएको छ । रोयटर्सका अनुशार भूकम्पमा कम्तीमा ६ जना व्यक्ति मारिएको विश्वास गरिएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको भएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । स्थानीय समय अनुशार विहान ३ बजेर ३६ मिनेटमा भूकम्प गएको थियो । मध्य इटालियन शहर अकुमोलीका मेयरले भूकम्पबाट कैयन भवनहरु नराम्ररी ध्वस्त भएको जनाएका छन् ।

मेयरले भने – ‘चारजनामान्छेहरु भत्किएका भवनमा पुरिएका छन् । उनीहरु जीवितै रहेको कुनै संकेत छैन । दुईजना बाबुआमा र उनीहरु दुईजना बच्चाहरु भग्नावशेसमा नै पुरिएका छन् ।’

Screen Shot 2016-08-24 at 12.58.52 AM

स्थानीय प्रहरीका अनुशार पेस्कारा डेल ट्रोन्टो नजिक दुईजनाको ज्यान गएको छ । सानो शहर एम्ट्राइसमा ठूलो क्षति भएको जनाइएको छ । आधाजसो शहर ध्वस्त भएको त्यहाँका मेयरले जानकारी दिएका छन् । त्यहाँ मान्छेहरु पुरिएको , पहिलो गरेको र पुलहरु भत्केका जनाइएको छ । एकजना स्थानीय लिना मेर्कान्टिनीले भने – ‘भूकम्प अत्यन्तै शक्तिशाली थियो । कोठामा हामी सुतेका विस्ताराहरु आफै यताउता हिडेका थिए ।’

ठूलो भूकम्पको झण्डै एकघण्टापछि ५ दशमलव ५ म्याग्निच्युटको पराकम्प गएको थियो । सन् २००९ मा इटलीमा गएको भूकम्पमा ३ सय भन्दा धेरैको ज्यान गएको थियो ।

Screen Shot 2016-08-24 at 12.59.04 AM

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com