चुनाव इतिहासमै सुरक्षित रहेको वक्तब्य जारी गर्ने उच्च सरकारी अधिकारी पनि अन्ततः ट्रम्पबाट निष्काशित


प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार

राष्ट्रपति चुनाव अमेरिकी इतिहासमा नै सबैभन्दा सुरक्षित रहेको वक्तब्य जारी गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका उच्च सरकारी अधिकारी क्रिस्टोफर क्रेब्सलाई पनि डोनाल्ड ट्रम्पले निष्काशन गरेका छन् । क्रेब्ससहित अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका उच्च अधिकारीहरु संलग्न समितिले यसपटकको राष्ट्रपति चुनाव अमेरिकी इतिहासमा नै सबैभन्दा सुरक्षित रहेको निष्कर्ष सार्वजनिक गरेको थियो ।

सरकारको साइबरसेक्युरिटी एण्ड इन्फास्ट्रक्चर सेक्युरिटी एजेन्सी सिसाले यस्तो निष्कर्ष निकालेको थियो । ह्वाइट हाउसलाई आक्रोशित पार्नेगरी चुनाव इतिहासमा नै सबैभन्दा सुरक्षित रहेको निष्कर्ष सहितको वक्तब्य जारी गर्ने होमल्याण्ड सेक्युरिटी अन्तरगतको कमिटि सिसाका निर्देशक क्रिस्टोफर क्रेब्सले आफू निष्काशन हुनसक्ने बताएका थिए । त्यसको एकसाता नबित्दै ट्रम्पले उनलाई निष्काशन गरिएको घोषणा गरेका छन् ।

केब्सको वक्तब्य एकदमै गलत भएको र मतदान गर्ने मेसिनले ट्रम्पका भोटहरु बाइडेनमा बदलेको ट्रम्पले आरोप लगाएका छन् । त्यसैले साइबरसेक्युरिटी एण्ड इन्फास्ट्रक्चर सेक्युरिटी एजेन्सी सिसाका निर्देशक केब्सलाई तुरुन्तै निष्काशन गरिएको ट्रम्पको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइटहाउसले सिसाका साइबरसेक्युरिटी सहायक निर्देशक ब्रायन वेयरलाई गत बिहिबार नै राजिनामा दिन लगाइएको थियो । डोनाल्ड ट्रम्पमा चुनावमा ब्यापक धाँधली भएको आरोप लगाइरहँदा सरकारका उच्च समितिहरुले वक्तब्य जारी गरेर प्रणालीमा कुनै मतहरु डिलिट भएको र हराएको कुनै प्रमाण नभएको बताएका थिए । त्यस्तै भोटहरु अदलबदल गरिएको वा कुनै तरिकाबाट साटफेर गरिएको कुनै प्रमाण नभएको पनि उनीहरुको भनाई थियो ।

मतदान प्रणाली पूर्व परीक्षणबाट सुरक्षित बनाइएको समेत वक्तब्यमा जनाइएको थियो । अहिले अमेरिकाभरका निर्वाचन अधिकारीहरुले चुनावको अन्तिम नतिजा सार्वजनिक गर्नु अगाडि सबै चुनावी प्रकृया पुनरावलोकन र पुन परीक्षण गरिरहेको सिसाको वक्तब्यमा जनाइएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com