राष्ट्रपति भएपछि ५० हजारसम्मको विद्यार्थी ऋण मिनाहा गर्न बाइडेनलाई शुमरको आग्रह


प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार

सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको पदभार सम्हालेपछि कार्यकारी आदेशमार्फत ५० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्न आग्रह गरेका छन् । विद्यार्थी ऋण मिनाहा कार्यकालको सुरुको १ सय दिनको प्रमुख एजेण्डा हुनुपर्ने चक शुमरको भनाई छ ।

बाइडेनले तत्कालै हरेक विद्यार्थीको ५० हजार डलरसम्मको ऋण मिनाहाका लागि कदम चाल्नुपर्ने न्युयोर्कका डेमोक्रेटिक सिनेटर शुमरले बताएका हुन् । बाइडेनले यसअगाडि कोरोनाभाइरस राहत प्याकेज अन्तरगत १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहाको आब्हान गर्दै आएका थिए ।

आफूले एलिजाबेथ वारेनसँग मिलेर हरेक विद्यार्थीको ५० हजार डलरसम्मको ऋण मिनाहाको प्रस्ताव ल्याएको र बाइडेनले यो कदम कार्यकारी आदेशमार्फत नै चाल्नेमा आफू विश्वस्त रहेको शुमरले एक अन्तरवार्तामा बताए । तिर्न बाँकी विद्यार्थी ऋण गत दशकमा दोब्बर भएको छ भने अहिलेसम्म झण्डै १ दशमलव ७ ट्रिलियन डलर विद्यार्थी ऋण विद्यार्थीहरुले तिर्न बाँकी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हरेक ६ जनामध्ये एकजना बयस्कले अमेरिकको संघीय सरकारलाई विद्यार्थी ऋण तिर्न बाँकी रहेको छ । जुन संघीय सरकारले जनतालाई दिएको ठूलोमध्येको एउटा ऋण हो । बाइडेनले शुमरको प्रस्ताव अनुशार ऋण मिनाहाका लागि कार्यकारी आदेश जारी गरेमा ७५ प्रतिशत भन्दा बढीको ऋण पूर्णरुपमा र ९५ प्रतिशतभन्दा बढीको ऋण आंशिकरुपमा मिनाहा हुनेछ ।

कार्यकालको सुरुको एकसय दिनमा बाइडेनले लेबर युनियनलाई बलियो बनाउने, जलवायु सम्बन्धि एजेण्डाहरु स्वीकार गर्ने र जातीय विभेदयुक्त अन्यायबिरुद्ध कदमहरु चाल्नुपर्ने शुमरको सुझाव रहेको छ । बाइडेनले सुरुको एकसयदिनमा अध्यागमन लगायतका विभिन्न कार्यकारी आदेशहरु जारी गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com