अब अमेजनले अमेरिकामा घरमै निशुल्क औषधी डेलिभर गर्ने


प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार

अब अमेजनले अमेरिकाका ४५ वटा राज्यमा घरमै निशुल्क औषधी डेलिभरी गर्ने भएको छ । जसका कारण बिरामीलाई औषधी लिनका लागि फार्मेसीमा धाउनुनपर्ने भएको छ । डाक्टरको प्रेस्क्रिप्सनमा बिरामीलाई दिनुपर्ने औषधी अमेजनले घरमै निशुल्क डेलिभरी गर्ने भएको हो ।

अमेजन प्राइम सदस्यहरुले २ दिनमा र अन्यले ५ दिनमा अमेजनबाट औषधी प्राप्त गर्नसक्नेछन् । प्राइम सदस्य नभएकाहरुले २ दिनमा औषधी प्राप्त गर्नका लागि भने ५ डलर ९९ सेन्टस तिर्नुपर्नेछ । अमेजनले अधिकांश इन्सुरेन्सहरु स्वीकार गर्ने भएकाले औषधी प्राप्त गर्नमा समस्या नहुने जनाइएको छ ।

डाक्टरहरुले अमेजन फार्मेसीमा सिधै अन्य फार्मेसीमा जस्तै प्रेस्क्रिप्सन पठाउन सक्नेछन् । वा बिरामीले सीभीएस वा वालग्रिन लगायत आफूले औषधी लिदै आएको फार्मेसीलाई अमेजन फार्मेसीमा प्रेस्क्रिप्सन पठाउनका लागि अनुरोध समेत गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेका लागि यो सुविधा हवाई, इलिनोय, केन्टकी, लुजियाना र मिनेसोटाबाहेक अन्य सबै राज्यमा उपलब्ध हुने भएको छ । ४५ वटा राज्यमा १८ बर्षभन्दा माथिका व्यक्तिले यो सुविधा लिनसक्ने भएका छन् । इन्सुरेन्स नभएकाहरुका लागि अमेजन वचतको समेत अफर गर्नसक्ने जनाइएको छ । ग्राहकहरुले लचिलो वचत खाता वा स्वास्थ्य बचत खाताको प्रयोग गरेर औषधी प्राप्त गर्नसक्नेछन् ।

पहिलोपटक औषधी लिनेहरुलाई अमेजनले गर्भवती भए नभएको, जन्ममिति, जन्मने बेलामा तय गरिएको लिंग लगायतका विवरणहरु सोध्न सक्नेछन् । प्रेस्क्रिप्सन सुनिश्चित गर्नका लागि ती विवरणहरु कानुनको पालना गरेर मागिनेछ । ब्राण्ड नाम भएका औषधी र जेनेरिक औषधीको मिश्रण समेत अमेजनले अफर गर्ने जनाइएको छ ।

ग्राहकहरुले इन्सुलिन, रगतमा चिनीकोमात्रा नियन्त्रण गर्ने मेटफर्मिन, माइग्रेनको सुमाट्रिप्टन लगायतका औषधीहरु समेत प्राप्त गर्न सक्नेछन् । खासगरी नियमित रुपमा औषधी सेवन गनुपर्नेहरुका लागि अमेजनको यो सेवाबाट धेरै सुविधा हुने अपेक्षा गरिएको छ ।

हुलाकबाट वा अन्य डेलिभरी सेवाबाट औषधी मगाउने अमेरिकनहरुको संख्या बढ्दो रहेको अवस्थामा अमेजनको यो सेवा घोषणा गरेको हो । कोरोनाको महामारी कारण पनि अमेरिकनहरुले औषधीहरु डेलिभरी मगाइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com