अमेरिकामा नर्थवेष्ट अर्कान्ससमा बसाईसराई गर्नेलाई १० हजार डलर र माउन्टेन बाइक दिइने


प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार

अमेरिकाको नर्थवेष्ट अर्कान्ससमा बसाईसराई गर्नेहरुलाई १० हजार डलर नगद र माउन्टेन बाइक उपहार दिइने भएको छ । माउन्टेन बाइक लिन नचाहनेहरुले सांस्कृतिक प्रतिष्ठानमा बार्षिक सदस्यता लिनसक्नेछन् । यो योजना लाइफ वर्कस हेयर इनिसियटिभले ल्याएको हो ।

नर्थवेष्ट अर्कान्सस अमेरिकामा आवासका लागि उत्कृष्टमध्येको एक स्थानमा रुपमा पहिले नै सुचिकृत रहेको छ । यहाँ आउटडोर गतिविधि, विश्वका उत्कृष्ट कला प्रतिष्ठानहरु रहनुका साथै प्रतिव्यक्ति आम्दानी राष्ट्रिय औषतका तुलनामा १४ प्रतिशत बढी रहेको छ ।

नर्थवेष्ट अर्कान्सस अमेरिकामा शीघ्र रुपमा बृद्धि भइरहेको अर्थतन्त्र रहेको स्थान हो । अहिलेपनि त्यहाँ १० हजारभन्दा धेरै जागिर खुल्ला रहेको र विज्ञान, प्रविधि लगायतका क्षेत्रमा जागिर खाने व्यक्तिको अभाव रहेको नर्थवेष्ट अर्कान्सस काउन्सिलका सीईओ नेल्सन पिककले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बसाई सराई गर्नेहरुलाई १० हजार डलर दिने योजना सधै भने लागु हुने छैन । सिमित अवधिका लागिमात्र लागु हुने जनाइएको छ । थप जानकारी नर्थवेष्ट अर्कान्ससको वेवसाइटमा प्राप्त गर्न सकिनेछ ।

यो कार्यक्रमका लागि योग्य हुनका लागि आवेदकहरु आगामी ६ महिनाभित्र अर्कान्ससमा बसाईसर्न सक्न् हुनुपर्छ । साथै पूर्णकालिन रिमोट रोजगारी हुनुपर्नेछ । वा नर्थवेष्ट अर्कान्ससभन्दा बाहिर स्वरोजगार रहेको हुनुपर्छ । आवेदक अहिले नर्थवेष्ट अर्कान्सस बाहिर बसिरहेको व्यक्ति हुनुपर्छ र काम गर्न योग्य तथा २४ बर्ष नाघेको हुनुपर्छ । साथै अमेरिकाभित्रै बसिरहेको व्यक्ति हुनुपर्छ ।

१० हजार डलरले सुरुमा त्यहाँ बसोबासको व्यवस्था मिलाउन र अन्य बन्दोबस्त गर्न सकिनेछ ।

अमेरिकी नागरिक र २ बर्षको कामको अनुभव भएको व्यक्तिलाई १० हजार डलर अनुदान प्राप्त गर्न सहज हुनेछ । तर अमेरिकामा काम गर्न योग्य सबै यो कार्यक्रमका लागि योग्य हुनेछन् । छनौट भएको व्यक्ति बेन्टन र वासिंटन काउन्टी लगायत नर्थवेष्ट अर्कान्सासमा बस्नुपर्नेछ ।

यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com