अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ ।

ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताउनुभयो । त्यसका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि रु २० लाख विनियोजनसमेत भइसकेको उहाँले जानकारी दिनुभयो ।

उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौताका लागि अन्तिम चरणमा पुगिसकेको समितिका सचिव राधेश्याम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उहाँले बताउनुभयो ।

यसैबीच, स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासँग भेट गरी कोर्ट निर्माणसम्बन्धी छिटो सम्झौता गर्न ध्यानाकर्षण गरेको छ । चालु आवभित्रै रु २० लाखको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जानकारी दिनुभयो ।

समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनका लागि सहज हुने बताएको छ । भक्तपुरमै पहिलो कभर्ड हल निर्माण गर्न स्थानीय उपभोक्ता सक्रिय भएर लागेको देखेर आफू पनि प्रभावित भएको स्थानीय विकास अधिकारी कोइरालाले बताउनुभयो ।

उहाँले जिल्ला समन्वय समितिको सम्पूर्ण प्रक्रिया पूरा गरेर तीनचार दिनमै कभर्डहल निर्माण उपभोक्ता समितिसँग सम्झौता हुने जानकारी दिनुभयो । रासस

सम्बन्धित शीर्षकहरु
राइजिङ पुणे सुपर जाइन्टस् विजयी
काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राइजिङ पुणे सुपर जाइन्टस् विजयी भएको छ । पुणेमा भएको…
मंगलबार,१९ बैशाख २०७४
अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण
वैशाख । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास…
आइतबार,१७ बैशाख २०७४
स्पेनिस ला-लिगा फुटबलको उपाधि होड रोमाञ्चक बन्दै
बैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा जित…
आइतबार,१७ बैशाख २०७४
च्यालेञ्जर्स बेङ्लोर आइपिएलको उपाधि होडबाट बाहिरियो
बैशाख । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेञ्जर्स बेङ्लोर लगभग आइपिएलको उपाधि दौडबाट बाहिरिएको छ । आफ्नो घरेलु मैदानमा नवौं…
शुक्रबार,१५ बैशाख २०७४

TRENDING
RECENT NEWS
चीनसँग सम्झौता गर्न महरा बेइजिङ जाने

काठमााडौं १५ बैशाख । चीनसँग ‘वान बेल्ट वान रोड’ परियोजनामा सम्झौता गर्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा बेइजिङ जाने जनाईएको…
शुक्रबार,१५ बैशाख २०७४
मातातिर्थमा आमालाई यसरी सम्झिएःफोटो

आमाको मुख हेर्ने वैशाख कृष्णऔँसीका दिन बुधबार काठमाडौँको मातातीर्थमा स्नान गर्दै दर्शनार्थी ।
बुधबार,१३ बैशाख २०७४
ओलीले पढाए देउवालाई सरकारको संशेधन प्रस्ताव, देउवा चकित

काठमाडौ १६बैशाख । सरकारले पेश गरेको संविधान संशोधन विधेयकका दफा उपदफा पढाउंदै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सत्तारुढ…
आइतबार,१७ बैशाख २०७४
संसद भवनमै के के भनाभन भए, प्रचण्ड र ओलीबीच ?

काठमाडौं १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच संसद भवनमै भनाभन भएको छ…
बुधबार,१३ बैशाख २०७४
एमालेद्धारा आ–आफ्नो स्थानमा उभिएर संसद बैठक अवरुद्ध

काठमाडौं १२ बैशाख । प्रमुख प्रतिपक्षी एमालेले निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन खाजेको भन्दै संसद बैठक अवरुद्ध…

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com