कैयन ब्याटलग्राउण्ड राज्यमा ट्रम्पका मुद्दा, परिणाम नबदलिए ट्रम्पले शान्तिपूर्ण शक्ति हस्तान्तरण गर्ने


प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार

राष्ट्रपति चुनावमा पराजित भएपछि डोनाल्ड ट्रम्पको अभियानले नेभाडा, पेन्सिलभेनिया र जर्जिया लगायतका कैयन ब्याटलग्राउण्ड राज्यहरुको मतगणनाको विषयलाई लिएर मुद्दा दायर गरेका छन् । बाइडेनले थोरै मतान्तरले जीतेका राज्यहरुमा ट्रम्प अभियानले मुद्दा दायर गरेको हो ।

यदि मुद्दाबाट चुनावी परिणाम बदल्न असफल भएको खण्डमा डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रुपमा नै शक्ति हस्तान्तरण गर्ने बताइएको छ । ट्रम्प अभियानले हुलाकबाट आएका मतपत्रहरु गैरकानुनी रुपमा गणना गरिएको, आफ्ना पर्यवेक्षकहरुलाई पर्यवेक्षण गर्न अनुमति नदिएको लगायतका आरोप लगाएका छन् ।

बाइडेन पक्षमा विजय उत्सव मनाइरहँदा ट्रम्पले मतगणनामा अनियमितता भएको आरोप सहित ट्वीट गरिरहेका थिए । जसलाई ट्वीटरले लेवल लगाएको थियो । आफूले ७१ मिलियन वैध भोट प्राप्त गरेको र पदमा रहेको राष्ट्रपतिले यति धेरै मत पहिलोपटक पाएको भन्दै ट्रम्पले ट्वीट गरेका थिए ।

 प्रतिनिधिसभामा डेमोक्र्याट्स बहुमतको नजिक

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा डेमोक्र्याट्सहरु बहुमतको नजिक पुगेका छन् । अहिलेसम्मको मत परिणाम अनुशार २१४ सिटमा डेमोक्रेटिक सांसदहरु विजयी भएका छन् भने १९६ सिटमा रिपब्लिकन सांसदहरु विजयी भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिनिधिसभामा बहुमत कायम गर्नका लागि २१८ सिटमा विजय हासिल गर्न आवश्यक हुन्छ । डेमोक्र्याट्सहरु उक्त बहुमत प्राप्त गर्ने निश्चित रहेको छ । प्रतिनिधिसभामा स्पीकरका लागि ८० बर्षकी न्यान्सी पेलोसीले उम्मेदवारी दिने भएकी छिन् ।

यसपटकको निर्वाचतमा प्रतिनिधिसभाका सबै सिटहरुमा चुनाव भएको हो । अमेरिकामा प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल २ बर्षको हुन्छ । प्रतिनिधिसभामा ४३५ सदस्यसंख्या रहेको छ । अब २५ सिटको नतिजा आउन बाँकी रहेको छ ।

सिनेटका १ सय सिटमध्ये ३५ सिटमा पनि यसपटक निर्वाचन भएको हो । अहिलेसम्मको नतिजा अनुशार सिनेटमा रिपब्लिकन र डेमोक्र्याट्स दुबैले बराबर सिटमा जीत हासिल गरेका छन् । रिपब्लिकनहरुले १८ सिटमा विजय हासिल गरेर ४८ बनाएका छन् भने डेमोक्र्याट्सले १३ सिटमा विजय हासिल गरेर ४८ बनाएका छन् ।

अब ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमध्ये जर्जियाका २ सिनेट सिटमा आगामी जनवरीमा विशेष चुनाव हुने देखिएको छ । अलास्का र नर्थ क्यारोलिनामा रिपब्लिकन सिनेटर उम्मेदबार अगाडि देखिएका छन् । अहिलेकै अग्रता अनुशार चुनाव जीतेमा सिनेटमा रिपब्लिकनले ५१ र डेमोक्र्याट्सले ४९ सिट ल्याउने देखिएको छ ।

सिनेट नजिते गतिरोध

संसदका दुबै सदनमा बहुमत कायम गर्न नसकेको खण्डमा जो बाइडेनले राष्ट्रपति चुनाव जितेपनि सुरुदेखि नै गतिरोध कायम रहने देखिएको छ । अहिलेसम्मको अवस्था अनुशार सिनेटमा रिपब्लिकनको बहुमत कायम हुने सम्भावना रहेको छ ।

हाउसमा डेमोक्र्याटस्को बहुमत रहेपनि सिनेटमा रिपब्लिकनको बहुमत कायम रहेको खण्डमा डेमोक्र्याट्स समर्थित बिलहरु पारित हुनमा सहज हुनेछैन । डाका र टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजाने बिलहरुदेखि कोरोनाको राहत प्याकेजसम्म पारित हुनमा सहज हुनेछैन ।

बाइडेनले डोनाल्ड ट्रम्पले जारी गरेका केही कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् । र बाइडेनले नयाँ कार्यकारी आदेशहरु जारी गर्न सक्नेछन् । तर ट्रम्पले जारी गरेका आदेशहरु उल्टाउँदा अदालतको बाटोमा गएको खण्डमा सर्बोच्च अदालतमा रिपब्लिकनहरुले नियुक्त गरेका न्यायाधिसहरुको बाहुल्यता रहेको छ ।

सर्वोच्च अदालतका ९ न्यायाधिसमध्ये ६ जना न्यायाधिसहरु रिपब्लिकनले नियुक्त गरेका रुढीवादी न्यायाधिसहरु रहेका छन् भने ३ जना न्यायाधिसहरु डेमोक्र्याट्सले नियुक्त गरेका प्रगतिशिल न्यायाधिसहरु रहेका छन् । कतिपय विषय सर्वोच्च अदालतमा पुग्दा बाइडेन प्रशासनको विपक्षमा निर्णयहरु आउनसक्ने सम्भावना उच्च रहेको छ ।

टीपीएस र डाकामा हुनेहरुले यति बेला बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा केही राहत प्राप्त हुने आशा गरेका छन् । बाइडेनले उनीहरुको डाका र टीपीएसको अवधि लम्बाउन सक्छन् । तर दुबै सदनमा पकड कायम नभएसम्म उनीहरुलाई ग्रिनकार्डको बाटोमा लैजान सहज छैन ।

सिनेटमा रिपब्लिकनको बहुमत कायम भएमा अदालतमा सुधार लगाएका डेमोक्र्याट्सका कैयन एजेण्डा त मृत प्राय नै हुनेछन् । डेमोक्र्याट्सहरु बन्दुक हिंशा, जलवायु परिवर्तन, समलिंगीहरुको अधिकार, मतदानको अधिकार, जातीय विभेद लगायतका कैयन विषयहरुलाई सम्बोधन गर्न इच्छुक देखिएका छन् । तर दुबै सदनमा पकड कायम नगर्दासम्म यी कुनै पनि विषय अगाडि बढाउन सहज हुनेछैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com