अमेरिकाको चुनाव: २ नेपाली अमेरिकनमध्ये ढकाल ४८३९ मतले विजयी, गुरुङले ल्याइन् २९८५ मत


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

यसपटकको अमेरिकी चुनावमा नेपाली अमेरिकनहरु मतदानमा मात्र सकृयताका साथ सहभागी भएनन्, कतिपय स्थानमा उम्मेदबारी समेत दिए । भर्जिनिया राज्यको हर्डन टाउनको काउन्सिलमा सम्पन्न निर्वाचनमा दोश्रो कार्यकालको लागि टाउन काउन्सिल मेम्बरमा प्रदीप ढकाल निर्वाचित भएका छन् । ढकालले ४८३९ मत ल्याएका छन् । उनलाई ३४८४ जनाले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका थिए । नोभेम्बर ६ सम्म आएका मतपत्रहरु गणना गरिने र नोभेम्बर १६ मा चुनावको प्रमाणिकरण गरिने निर्वाचन विभागले जनाएको छ ।

प्रदीप ढकाल

दोश्रो कार्यकालको लागि निर्वाचित भएकोमा ढकाललाई मेरिल्याण्ड जनरल एसेम्वलीका हाउस अफ डेलिगेट ह्यारी भण्डारीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भण्डारी अहिलेसम्मको अमेरिकामा उच्च पदमा निर्वाचित नेपाली अमेरिकन जनप्रतिनिधि हुन् ।

त्यस्तै न्यूह्याम्सार हाउस अफ रिप्रिजेन्टेटिभ मेरिम्याक २५ मा नेपाली अमेरिकन मदलशा गुरुङले डेमोक्रयाट पार्टीको तर्फवाट उम्मेदबारी दिएकी थिइन् । रिपब्लिकनको पकड रहेको क्षेत्रमा उनको उम्मेदबारी परेको थियो । उनी निर्वाचित भने हुन सकिनन् । गुरुङले २९८५ मत ल्याएकी थिइन् । यो मत कुल मत संख्याको ११ दशमलव १ प्रतिशत हो । विजयी हुनेले कुल मतदानको १६ दशमलव १ प्रतिशत अर्थात् ४३३१ मत ल्याएका छन् ।

मदलशा गुरुङ

न्यूह्याम्सार हाउस अफ रिप्रिजेन्टेटिभको चुनावमा गुरुङको सहभागीता र प्रयासले नेपाली अमेरिकनको राजनीतिक सहभागितामा एउटा आयाम थपेको र यसले भावी पिढीको लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्नेमा आफू विश्वस्त रहेको ह्यारी भण्डारीले बताए । आगामी दिनमा नेपाली अमेरिकनहरुको राजनीतिक रुपमा सहभागीताको लागि हातेमालो गर्न आफू व्यक्तिगत रुपमा, आफ्नो समूह र नेपाली अमेरिकन सदैव तत्पर रहने भण्डारीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्यारी भण्डारी

भण्डारीले भनेका छन् – ‘राजनीतिक सहभागिता मार्फत हामी र हाम्रो सन्ततिको भविष्य सुनिश्चित गर्न सकिन्छ भन्ने पूर्ण विश्वासका साथ हामी नेपाली अमेरिकनलाई अमेरिकाको राजीतिमा सक्रिय सहभागीताको लागि सदैव प्रेरित गर्ने नै छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com