अमेरिकामा आज कोरोना संक्रमण पुष्टी हुने १ लाख २१ हजार, कुल संक्रमित १ करोड नजिक


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या आज १ लाख २१ हजार ५४ पुगेको छ । चुनावको भोलिपल्टदेखि संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको हो । आजको रेकर्ड एकैदिनमा यति धेरै संक्रमित पुष्टी भएको सबैभन्दा उच्च हो ।

चुनावको भोलिपल्ट बुधबार १ लाख २ हजार ८ सय ३१ लाई कोरोना संक्रमण पुष्टी भएको थियो । अमेरिकामा चुनावको दिनमा ९१ हजार ५ सय ३० जना थपमा कोरोना संक्रमण पुष्टी भएको थियो । यद्यपी त्यो नयाँ रेकर्ड थिएन । अक्टोबर ३० मा एकैदिन ९९ हजार ३ सय २१ लाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

संक्रमितको संख्या बढेसँगै कैयन राज्यहरुमा अस्पतालमा भर्ना हुने दर पनि बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार अमेरिकामा कोरोना संक्रमणबाट १०९७ जनाको मृत्यु भएको थियो । मंगलबार ११ सय ३४ को मृत्यु भएको थियो । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या झण्डै २ लाख ४० हजार रहेको छ भने कुल संक्रमितको संख्या १ करोडको नजिक छ ।

मिजौरी, अलास्का, ओहायो, आयोवा, इन्डियाना, मिनिसोटा, नेब्रास्का, नर्थ डाकोटा र न्यु मेक्सिकोमा साप्ताहिक औषत नम्बर हेर्दा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुको संख्या बढेको छ । आयोवा र मिजौरीमा अस्पतालका बेडहरु भरिनसक्ने चेतावनी दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com