अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या पहिलोपटक एकैदिनमा एकलाख बढी


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या पहिलोपटक एकैदिनमा एकलाख बढी पुगेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुशार बुधबार कोरोना संक्रमितको संख्या एकैदिनमा एकलाख नाघेको हो ।

अमेरिकामा चुनावको दिनमा ९१ हजार ५ सय ३० जना थपमा कोरोना संक्रमण पुष्टी भएकोमा त्यसको भोलिपल्ट बुधबार १ लाख २ हजार ८ सय ३१ थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । कैयन राज्यहरुमा अस्पतालमा भर्ना हुने दर पनि बढेको छ ।

बुधबार अमेरिकामा कोरोना संक्रमणबाट १०९७ जनाको मृत्यु भएको छ । मृत्यु संख्या भने अघिल्लो दिनको तुलनामा कम हो । मंगलबार ११ सय ३४ को मृत्यु भएको थियो । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ लाख ३३ हजार ७ सय ३४ पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिजौरी, अलास्का, ओहायो, आयोवा, इन्डियाना, मिनिसोटा, नेब्रास्का, नर्थ डाकोटा र न्यु मेक्सिकोमा साप्ताहिक औषत नम्बर हेर्दा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुको संख्या बढेको छ । आयोवा र मिजौरीमा अस्पतालका बेडहरु भरिनसक्ने चेतावनी दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com